प्लेअफ र इलेमिनाटर खेल आजै हुने



नेपाल समाचारपत्र
काठमाडौं
चितवन टाइगर्स भैरहवा ग्लाडिएटर्ससँग ४ विकेटले हारेपछि पोखरा राइनोजको जारी टीभीएस एभरेस्ट प्रिमियर लिगको प्लेअफ सुरक्षित भएको थियो। यसले मंगलबार समूह चरणको अन्तिम खेलमा ललितपुर प्याट्रियटसका लागि प्लेअफमा पुग्न मौका थियो। जुन मौकालाई ललितपुरको टोलीले सदुपयोग पनि गर्यो। कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा ललितपुरले पोखरा राइनोजलाई ६ विकेटले पन्छाएपछि प्लेअफ सुरक्षित भएको हो।

यो जितसँगै ललितपुर र पोखराको ४⁄४ अंक भएको थियो। ललितपुर तेस्रो र पोखरा चौथो स्थानमा रहँदै आज प्लेअफ खेल्ने तय पनि गरेका थिए। ललितपुरको जितले प्ले अफ खेल्ने आशामा रहेको काठमाडौं किंग्स इलेभेनलाई निरास पनि तुल्यायो। काठमाडौं किंग्सले एक मात्र खेल जितेको छ। यस्तै इलेमिनाटर खेलमा विराटनगर वारियर्स र भैरहवा ग्लाडिएटर्सले आजै खेल्नेछन्।

जित्ने टोली फाइनलमा पुग्नेछ भने हार्ने टोलीले प्लेअफका विजेता टोलीसँग फाइनलका लागि खेल्ने मौका हुनेछ। प्रतियोगितामा विराटनगरले पाँचै खेल जितेको छ भने ४ खेल जितेको भैरहवाले १ हार विराटनगरसँगै बेहोरेको थियो।

प्रतिक्रिया दिनुहोस्