स्क्वासमा मध्यमाञ्चल पहिलो



नेपाल समाचारपत्र
काठमाडौं
मध्यमाञ्चल राखेप च्याम्पियनसिप– २०७४ अन्तर्गत १०औं राष्ट्रिय स्क्वास प्रतियोगिताको पुरुष टिम इभेन्टमा मंगलबार पहिलो भएको छ।

सातदोबाटोमा भएको फाइनलमा मध्यमाञ्चलले पश्चिमाञ्चललाई २–० ले पराजित गर्यो।

पहिलो सिंगल्समा मध्यमाञ्चलका छिरी लामाले पश्चिमाञ्चलका मित्रलाल गुराउलाई ११–६, ११–३ र ११–६ तथा अर्को सिंगल्समा मध्यमाञ्चलका अरहान्तकेशर सिम्हले पश्चिमाञ्चलका अमृत थापा मगरलाई ११–७, १२–१० र ११–८ को सोझो पराजित गरे। बुधबारदेखि पुरुष⁄महिला सिंगल्स खेल शुरू हुनेछ।

 

प्रतिक्रिया दिनुहोस्