कलिकोट घटनाका दोसी माथि कार्वाही नभएसम्म आन्दोलन जारी



कालीवहादुर मल्ल, कालिकोट । शुक्रवार प्रहरीको गोली लागि मृत्यु भएका रास्कोट नगरपालिका–२ का विवेक ऐडीका परिवारले पीडकलाई कार्वाही उचित रहत नपाएसम्म मृतकको लास नवुझ्ने वताएका छन । “जव मेरो भाइको टाउकोमा गोलि हान्ने र आदेश दिनेलाई कार्वाही हुदैन तवसम्म आन्दोलन जारी राख्ने र लास पनि वुझ्ने छौनौ र अँदोलन पनि जारी रहने छ” मृतका दाजु विरेन्द्र ऐडिले भने ।
गृह मन्त्रालयका सहसचिव मानवहादुर विकको संयोजकत्वमा गठित घटना छानविन समिति,राजनीति दल, जिल्ला प्रशासन र प्रहरीको संयुक्त वैठकले चार वुँदे निर्णय पछि मंगलवार लासको पोष्टमाडम गर्न भने सहमति दिएका छन ।
समोबार जिल्ला प्रशासनमा वसेको संयुक्त वैठकले मृतकलाई शहिद घोषणाको लागि पहल गर्ने,परिवारलाई राहत उपलव्ध गराउन पहल गर्ने र छानविन पछि देसि ठहरीएमा घटनामा संलग्नलाई कार्वाह गर्ने निर्णय भएपछि पुष ११ गते लासको पोष्टमाडम गरिएको छ । गृह मन्त्रालयका सहसचिव मानवहादुर विकको संयोजकत्वमा नेपाल प्रहरीका डिआइजी रमेश खरेल,शसस्त्र प्रहरीका डिआइजी प्रविण श्रेष्ठ र राष्ट्रिय अनुसन्धानका डिआइजी लक्ष्मण गुरुङ सहितको टोलि घटना छानविनका लागि कालिकोट पुगेर विभिन्न सरोकारवालाहरुसँग छलफल गरिरहेको छ ।
आफूले पाउने तलब सुविधा कटौती गरेको भन्दै म्यादी प्रहरीले प्रहरी कार्यालय अगाडि प्रदर्शन गर्ने क्रममा प्रहरीले गोली चलाउँदा २५ वर्षीय म्यादी प्रहरी विवेक ऐडीको पुस ७ गते मृत्यु भएको थियो । पीडित परिवारलाई क्षतिपुर्ति दिनु पर्ने,मृतकलाई सहिद घोषणा,गोलि चलाउने र आदेश दिनेलाई कारवाहीको माग गर्दै मृतक ऐडिका परिवार तथा आफन्तले जिल्ला प्रशासन अगाडी धर्ना दिइरहेका छन् ।
प्रमुख जिल्ला अधिकारी वद्रीनाथ गैरेले आन्दोलनकारीका केही मागहरुको सम्वोधन भैसकेको र केही प्रक्रियामा ढिला हुने भएकाले मृतकका आफन्तले लास वुझेर आन्दोन फिर्ता लिन आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुहोस्