विजयीहरुलाई संसदहरुलाई सम्मान



शालिकराम चालिसे, नुवाकोट । बेलकोटगढी नगरपालिका वडा नं. १३ मदानपुरमा मंगलबार प्रतिनिधी सभा तथा प्रदेश सभामा विजयी संसदहरुलाई सम्मान गरिएको छ ।

निर्वाचन परिचालन कमिटि वडा नं. १३ को आयोजनामा भएको कार्यक्रममा प्रतिनिधी सभा क्षेत्र नं. २ बाट निर्वाचन नेकपा एमालेका नारायणप्रसाद खतिवडा, प्रदेश क बाट निर्वाचित केशव पाण्डे र प्रदेश ख बाट निर्वाचित हिरानाथ खतिवडालाई सम्मान गरिएको हो ।

कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य महेन्द्रबहादुर पाण्डेले अब बन्ने स्थीर सरकारले देशमा आमुल परिवर्तन ल्याउने र जनताको विस्वासमा घात नहुने बताउनुभयो । कार्यक्रममा नवनिर्वाचित सांसदहरुले मतदातालाई धन्यावाद दिएका थिए ।

वडा नं. १३ का वडा अध्यक्ष पुशपति लोहनीको सभापतित्वमा भएको कार्यक्रममा नेकपा एमालेका राजेन्द्रप्रकाश लोहनी, ठाकुर गजुरेल, नेकपा माओवादी केन्द्रका जगतबहादुर लामा, विदुर नगरपालिाकाका मेयर सञ्जु पण्डित, बेलकोटगढी नगरपालिकाका मेयर राजेन्द्ररमण खनाल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

यसैगरि क्षेत्र नं. १ बाट निर्वाचन प्रतिनिधी सभा क्षेत्र १ का हितबहादुर तामाङ, प्रदश क का राधिका तामाङ र प्रदेश खका बद्री मैनालीलाई दुप्चेश्वर गाउँपालिकामा पनि आज एक कार्यक्रम गरि सम्मानतथा बधाई ज्ञापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्