जेष्ठ नागरिक परिचय पत्र नगरपालिकाबाटै



काभ्रे (नेस) । जिल्लामा रहेका अधिकारहरु धमाधम स्थानीय सरकारहरुले प्रयोगमा ल्याएका छन् । सरकारले जेष्ठ नागरिकहरुका लागि वितरण गर्न शुरु गरेको जेष्ठ नागरिक परिचय पत्र बनेपा नगरपालिकाले मंगलबारबाट वितरण शुरु गरेको छ ।
यस अघि महिला तथा बालबालिका कार्यालय मार्फत हप्ताको एक दिन बुधबार मात्रै वितरण गर्दै आएको जेष्ठ नागरिक परिचयपत्र हरेक गाउँपालिका र नगरपालिकाहरुले वितरण गर्ने अधिकार प्राप्त गरेपछि जेष्ठ नागरिकहरुलाई सहजता भएको छ । ग्रामिण बस्ति देखि सदरमुकामसम्म आउन र जान जेष्ठ नागरिक र अपाङ्गहरुलाई असहज थियो । मंगलबार एक कार्यक्रमका बीच बनेपा नगरपालिकाका प्रमुख लक्ष्मी नरसिं बादेले जेष्ठ नागरिकहरुलाई परिचय पत्र वितरण गरेका थिए । परिचयप पत्र वितरण गर्दै नगरपालिकाका प्रमुख लक्ष्मी नरसिं बादेले नगरबासिहरुलाई घर दैलोमै सेवा प्रदान गर्न नगरपालिकाले वडा कार्यालय मार्फत यस्ता गतिविधिहरुलाई अगाडी बढाउने बताए । सकेसम्म जनताकै घर दैलोमा सेवा पु¥याउने लक्ष्य नगरपालिकाले राखेको प्रमुख बादेले बताए ।
एक साता अघि मात्रै समाजिक संञ्जाल तथा संचारमाध्यमहरु मार्फत जानकारी गराएर वितरणको कार्य शुरु गरिएको सामाजिक सुरक्षा शाखाका रामकृष्ण घिमीरले बताए । प्रमुख प्रशासकिय अधिकृत भोजराज घिमीरेका अनुसार नगरपालिकाले सामाजिक सुरक्षा भत्ता, जेष्ठ नागरिक परिचय पत्र, अपाङ्ग परिचय पत्र लगायतका सेवाहरु दिन शुरु गरिसकेको बताए । मंगलबार १० जना जेष्ठ नागरिकहरुलाई परिचयपत्र प्राप्त गरेका थिए । परिचयपत्र प्राप्तका लागि ६० वर्ष उमेर पुगेका नागरिकहरुले फोटो र सक्कल नागरिकता लिएर नगरपालिका कार्यालय पुगेको अवस्थामा सहजै एकै दिनमा जेष्ठ नागरिक परिचय पत्र प्राप्त हुने प्रमुख प्रशासकिय अधिकृत भोजराज घिमीरेले जानकारी दिए । कार्यक्रममा नगरपालिकाका उपप्रमुृख रेखा सापकोटा दाहाल, नगरपालिकाका विभिन्न शाखाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्