महानगरीय प्रहरी प्रभाग नगरकोटको क्षतिग्रस्त भवन निर्माण



भक्तपुर । भूकम्पका कारण क्षतिग्रस्त महानगरीय प्रहरी प्रभाग नगरकोटको भवन निर्माण गरी हस्तान्तरण गरेको छ । क्ष्ँतिग्रस्त भवन स्थानीयको सहयोगमा प्रहरीको श्रमदानबाट निर्माण गरिएको महानगरी प्रहरी परिसर भक्तपुर प्रमुख एसपी किरण राणाले बताइन् । भूकम्पपछिको करिब ३२ महिनायता प्रहरी प्रभाग नगरकोटका प्रहरीहरु अस्थायी टहरामा बसोबास गरिरहेका थिए ।
जिल्लाको चा“गुनारायण नगरपालिका, काभ्रेको मन्डनदेउपुर नगरपालिका, स्थानीय बासिन्दा, नगरकोटका पर्यटन व्यवसायीलगायतको सहयोगमा करिब ६ लाख १४ हजार रुपैंयामा भवन निर्माण गरिएको भवन निर्मँण समितिका संयोजक अजय सिंह तामा¨ले बताए । प्रहरी प्रभाग नगरकोटमा १९ प्रहरी कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्