उत्तर कोरियाद्वारा नाकावन्दिको आलोचना ट्रम्पद्वारा सुरक्षा परिषदको प्रशंसा



वासिंगटन⁄ सोल,(एजेन्सी)
उत्तर कोरियाको विदेश मन्त्रालयले आइतवार संयुक्त राष्ट्र संघले आफु माथि लगाएको पछिल्लो नाकावन्दि पुर्णत आर्थिक नाकावन्दि सावित भएको र यस कदमको समर्थन गर्ने सबैलाई संजाय दिने चेतावनी दिएको छ।

प्योंगयांगको सरबारी समाचार निकाय केसिएनएले विदेश मनलयलाई उदरित गर्दै प्रकासित गरेको एक विज्ञप्तिमा भनिएको छ , ‘ संयुक्त राज्य अमेरिकाले उत्तर कोरियाको आणविक शक्ति देखि तर्सेर यस्तो कडा नाकावन्दिको उपाय अपनाएको हो।

अमेरिका र त्यसका अनुयायीहरूले तयार पारेको यस नाकावन्दिको प्रस्तावनाले उत्तर कोरियाको सार्वभौममा आँच पुर्याउनुका साथै कोरियाली प्रायद्विपमा शान्ति र स्थिरता खलबल्याएर युद्धको रूप दिन खोजेको छ ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यालेस्टिक क्षेप्यास्त्र परिक्षण प्रक्षेपण गरेको कारण उत्तर कोरियामाथि नयाँ कडा नाकावन्दि लगाएकोमा शनिवार संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको प्रशंसा गरेका थिए। टिवट गर्दै ट्रम्पले यस पछिल्लो मतदानले विश्वले मृतयु नभई शान्ति चाहेको भन्ने प्रमाणित गरेको जनाएका थिए।

अमेरिकाद्वारा तयार पारेको उक्त प्रस्तावनाको मस्यौदामा उत्तर कोरियाको पेट्रोल आयातमा पनि ९० प्रतिशतले कटौति गर्ने बुँदा उल्लेख गरिएको छ। प्योंगयांगको प्रमुख व्यापारिक साझेदार चीन र रसियाले समेत उक्त प्रस्तावको पक्षमा मतदान गरेका थिए।

दक्षिण कोरियाले त पहिले देखि नै प्यो.गयांग माथि कडा नाकावन्दि लगाउन अमेरिका , संयुक्त राष्ट्र संघ र युरोपेली संघ (इयु) माथि दवाव दिँदै आएको थियो। उत्तर कोरिया माथि नाकावन्दि लगाउने क्रममा शुक्रवार सो प्रस्ताव सुरक्षा परिषदमा सर्वसम्मतबाट अर्थात १५ मतबाट पारित भएको हो।

संयुक्त राष्ट्र संघका लागि अमेरिकाका स्थायी प्रतिनिधि निक्की ह्यालीले भनेकी छिन् , ‘ यस नाकावन्दिको सर्वसम्मत निर्णयले यदि उत्तर कोरियाले अझै अटेर गरेको खण्डमा थप संजाय हुन सक्ने दृढ सन्देश दिएको छ। उत्तर कोरिया आधुनिक विश्वको दुष्टताको सबैभन्दा दुखान्त उदाहरण बनेको छ। ’

वेलायतका विदेशमन्त्री बोरिस जोहन्सनले भनेका छन् , ‘ उत्तर कोरियाको विवादास्पद आणविक कार्यक्रमको समस्या समाधानका लागि यो पछिल्लो कदम निकै महत्वपुर्ण तथा प्रभाबकारी ठहरिएको छ।
प्योंगयांगको अनावश्यक व्यहार विरुद्ध आलोचना गर्न अन्तार्रष्ट्रिय जगत एकजुट भएको छ। ’ चिनियाँ विदेश मन्त्रालयले भने कोरियाली प्रायद्विपको समस्या जटिल र निकै संवेदनशिल भएकाले सम्बन्धि सबै पक्ष सक्रिय भएर तनाव कम पार्ने प्रयास गरिनु पर्ने जनाएको छ।

गत नोभेम्वरमा उत्तर कोरियाले ३ सेप्टेम्वरमा गरिएको छैठौं अत्यँनत शक्तिशाली आणविक परिक्षणपछि आफुमाथि लगाइएको नाकावन्दिलाई ‘ क्रुर कार्य ’ को संज्ञा दिँदै त्यासलाई हटाउन माग गरेको थियो।

प्रतिक्रिया दिनुहोस्