चीनमा नयाँ विमानको सफल उडान



बेइजिंग,(एजेन्सी)
विश्वकै हालसम्मकै सबैभन्दा ठूलो मानिने चीनको पानी र जमिन दुवैमा प्रयोग गर्न सकिने एजि ६०० विमानले एक घन्टा सफल अभ्यास उडान पुरा गरेको छ। करिव करिव बोइंग ७४७ कै आकारको भएपनि चारवटा टर्वोप्रोप इन्जिनयुक्त सो विमान आइतवार चीनको दक्षिणी गुआंगडोंग प्रान्तको झुहाइ विमानस्थलबाट उडेको थियो।

पचासजना मानिस बोक्ने सक्ने यो विमान १२ घन्टासम्म आकासमा रहने सक्ने बताइ्एको छ। विशेषत अग्निनियन्त्रण र जलिय उद्धार कार्यमा प्रयोग हुने यस विमानलाई शैन्य क्षेत्रमा पनि प्रयोग गर्न सकिेने बताइउको छ। यसलाई विवादास्पद साउथ चाइना सि क्षेत्रमा तैनाथ गर्न सकिने अनुमान गरिएको छ। चिनियाँ सरकारी समाचार निकाय सिन्ह्वाले यस विमानलाई समुद« तथा टापुको विशेष रक्षकको संज्ञा दिएको छ।

कोड नाम कुन्लोंग रहेको एजि ६०० चीनको सुदुर दक्षिणी क्षेत्रसम्म पुग्न सक्ने पनि बताइएको छ। यस विमानको उडानको शुरू देखि अन्तय सम्मको दृश्य सरकारी टेलिभिजनले प्रशारण गरेको थियो। उडान पुरागरी विमानस्थलमा अवतरण हुँदा भिडले राष्ट्रिय झण्डा हललाएर र सैनिक धुन बजाएर विमानको स्वागत गरिएको थियो।

यो विमान निर्माणलाइृ पुर्णता दिन आठ वर्ष लागेको हो। ३८ दशमलव ८ मिटर लामो पखेटा भएको सो विमानले बढिीमा ५३ दशमलव ५ टन वजन बोकेर उड्न सक्छ। चीन भित्रै माज्ञ अहिलेसम्म यो विमानको सत्रवटा अर्डर आइसकेको छ। गत वर्ष संयुक्त राष्ट्र संघ समर्थित् एउटा न्यायालयले सायथ चाइना सिको विवाद सम्बन्धमा दिएको निर्णयलाई चीनले अस्विकार गरेको थियो।

प्रतिक्रिया दिनुहोस्