युद्धको संघारमा उभेका इरान र सउदी अरेबिया को कति शक्तिशाली ?



दुबई (एजेन्सी)
विश्वका सबैभन्दा अस्थिर क्षेत्रहरूमा मध्यपुर्व सँधै पर्ने गरेको छ। मध्यपुर्वमा एक तर्फ इजरायल र मुस्लिम देशको टकराव छ भने दोश्रो तर्फ सिया बहुल इरान र सुन्न्नी बहुल सउदी अरेवियाबीचको सत्रुता छ।

पछिल्लो समयमा इरानसँगको सत्रुताले इजरायल र सउदी अरेबियालाई निकत ल्याएको छ। हालैका बर्षमा सउदी अरेबिया र इरानबीचको सत्रुता बढेको छ। यमन ती देशका लागि युद्धको मैदान बनेको छ। यमनमा सउदी अरेबियाको नेतृत्वको गठबन्धन सेना छन् भने दोस्रो तर्फ इरान समर्थित हुथी विद्राही छन्।

इरानमाथि यमनमा हुथी विद्रोहीलाई मद्दत गरिरहेको आरोप लाग्दै आएको छ। तर इरानले त्यसलाई अस्विकार गर्दै आइरहेको छ। यमनको राजनितिक संकटलाई लिएर इरान र सउदी अरेबिया एक प्रकारले छद्म युद्धमा होमिसकेको अवस्था छ। यो ती दुई देशबीच प्रत्यक्ष युद्धको संघारमा पुगेको स्थिति हो।

सउदी–इरान विवादको पछाडी विश्वका महाशक्ती पनि लागेका छन्। यस मामिलामा विश्वका शक्तीमा विभाजन आइसेको छ। विश्वको महाशक्ती अमेरिका सउदी अरेबियाको साथमा देखिएका छन् भने रुसले इरानलाई साथ दिइरहेको छ।
सिरयामा अमेरिकी नेतृत्वको खेमाको हार र रुसी खेमामा रहेको सिरियाली राष्टपति बसर अल असदको सेनाको जितपछि मध्यपुर्वमा शक्तिको स्वरूप बदलेको छ। अमेरिका र सउदी बसर अल असदलाई हटाउन लागेको तर रुस र इरानको आशिर्वाद त्यसमाथि हावी भयो।

यसले यमनको मामिलामा निर्णायक युद्धको सम्भावना प्रवल बन्दै गइरहेको छ। यसको अर्थ इरान र सउदी अरेबियाबीचको प्रत्यक्ष युद्ध हुनु नै हो। त्यसैले उनीहरू आ–आफनो सैन्य क्षमता विस्तारमा लागेका छन्।

अलिहेको स्थितिमा इरानसँग ५ लाख ६३ हजार शसस्त्र बल छ भने त्यसको तुलनामा सउदी अरेबियकासँग २ लाख ५१ हजार ५ सय छ।
इरानसँग १ हजार ५ सय १३ युद्धक ट्याँक छ भने सउदी अरेबियासँग ९ सय। त्यसैगरि इरानसँग ६ हजार ७९८ तोपखाना छन् भने त्यसको तुलना सउदी अरेबियासँग मात्र ७६१ छन्।

इरानसँग ३ सय ३६ लडाकु विमान छन्। यद्यपी ती विमानहरू पुरानो भइसकेको र मर्मत गर्न आवश्यक रहेको बताइएको छ। त्यसको तुलनमा सउदी अरेबियासँग ३ सय ३८ अत्याधुनिक लडाकु विमान छन्।

इरानसन्ग १ सय ९४ गस्ती डुंगा तथा नौसैनिक जहाजहरू छन र सउदी अ‍ेरेबियासँग यो संख्या ११ मात्र छ। इरानसँग २१ युद्धपोत छन भने सउदी अरेबियासँग एक वटा पनि छैन।

तर सउदी अरेबियासँग ७ वटा युद्धपोत विनासक छन् भने इरानसँग कुनै युद्धपोत विनासक छैन। अहिलेसम्म छद्म युद्ध गर्दै आइरुहेको भएपनि तेहरान र रियाद प्रत्यक्ष युद्धका लागि तयार देखिएका छैनन्। यद्यपी सउदी अरेबियाको राजधानीमा यमनबाट एक पछि अर्को गर्दै रकेट खस्न थालेपछि समिकरण परिवर्तन भइरहको छ।

खाडीको पानीमा यी दुई देशबीच सिधा संघर्ष हुनसक्छ। तर अमेरिका र अन्य पश्चिमी सक्तीका लागि उक्त खाडी इलाका स्वतन्त्र आवागमनका लागि अत्यावश्यक छ।

लामो समयदेखि अमेरिका र उसका सहयोगीले इरानलाई मध्य पुर्वमा एक अस्थिरता फैलाउने देशका रूपमा हेर्ने गरेको छ। सउदी अरेबियाले पनि इरानलाई क्षत्रिय प्रभावलाई लिएर खतराका रूपमा लिएको छ।
सउदी अरेबियाको क्याम्पमा सुन्नी देश युनाइटेड अरब इमिरेट्स, कुवैत, बहराइन, इजिप्ट र जोर्डन छन्। त्यसैगरि इरानको समर्थन सिरियाको सरकार र सिया बाहुल्य इराकको समर्थन रहेको छ। यद्यपी इराकको अमेरिकासँग पनि विशेष सम्बन्ध रहेको छ।

प्रतिक्रिया दिनुहोस्