दीपेश क्वाटरफाइनलमा पराजित



नेपाल समाचारपत्र
काठमाडौं
दीपेश धामी काठमाडौमा जारी योनेक्स सनराइज नेपाल इन्टरनेसनल सिरिज २०१७ अन्तर्गत मेन्स सिंगल्स क्वाटरफाइनलबाट बाहिरिएका छन्।

शुक्रबार राखेपको कभर्ड हलमा भएको अन्तिम आठकाने खेलमा दीपेश भारतका राहुल भारद्वाजसँग २१–१४, २१–११ ले हारेका हुन्। दीपेशको हारले नेपालको चुनौती सिरिजमा समाप्त पनि भयो। त्यस्तै नेपालका नम्बर एक पुरुष ब्याडमिन्टन खेलाडी रत्नजीत तामाङ भने हिजै सम्पन्न तेस्रो चरणको खेलमा भारतका यादवसँग २१–१२, २१–१६ ले पराजित भएका थिए। अर्का नेपाली खेलाडी साजन ताम्राकार पनि इन्डोनेसियाका प्रतिद्वन्द्वी मार्टीनसँग २१–५, २१–११ ले हारेर तेस्रो चरणबाटै बाहिरिएका थिए।
सेमिफाईनल समिकरण पुरा

शुक्रबारको खेलहरु पछि सेमिफाईनल समिकरण पुरा भएको छ। नेपाली खेलाडीहरु दिपेश धामी र शोभा गौचनको जोडी मिक्स डबल्स तर्फ सेमिफाईन यात्रा तय गर्न सफल भएका छन्। धामी र गौचनको जोडीले माल्दिभ्सका एच जयन साहिद र एफ अब्दुल रजाकको जोडीलाई २१¬ – १५ र २१ – १० ले पराजित गरेका थिए। यस अघि धामी पुरुष एकल तर्फ क्वाटरफाईनलमा पराजित भएका थिए। उनी राहुल भारद्वाज संग २१–१४, २१–११ ले पराजित भएका थिए। यस्तै अर्को क्वाटरफाईनलमा तामाङ दिदि भाईको जोडीले पनि सेमिफाईनलमा स्थान बनाए। तामाङ जोडीले भारतका खेलाडीहरु तुशार शर्मा र सरुनी शर्माको जोडीलाई २१–१५ को समान सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका हुन। प्रतियोगिताको सेमिफाईनल खेलहरु शनिबार हुनेछ।

प्रतिक्रिया दिनुहोस्