रूपाणी मुख्यमन्त्री



सुरत, (एजेन्सी)
गुजरातमा भाजपाको विधायक दलका नेतामा विजय रूपाणी चुनिएका छन्। यससँगै उनी गुजरातको मुख्यमन्त्री बन्ने निश्चित भएको छ। त्यसै गरी नीतीन पटेललाई विधायक दलले उपमुख्यमन्त्रीका रूपमा चुनेको छ। विजय रूपाणी चुनाव हुनुअगाडि पनि गुजरातका मुख्यमन्त्री थिए। उनलाई पहिलो पटक सन् २०१६ मा आनन्दी बेन पटेलले राजीनामा दिएपछि राज्यको मुख्यमन्त्री बनाइएको थियो। विजय रूपाणी गैर पटेल नेता हुन् । उनी नरेन्द्र मोदी र अमित साह दुवैका निकट मानिन्छ। गुजरात र हिमाचलमा विधानसभाका लागि हालै भएको चुनावमा भाजपाले बहुमत हासिल गरेको थियो।

प्रतिक्रिया दिनुहोस्