धुलो र धुवा



धुलो र धुवाले सर्वसाधारण जनतामात्रै हैरनी भएका हुन कि भन्ने भ्रममा परेको धरहराको सोचाई एकांकी रहेछ भन्ने ठम्याईमा धरहरा पुगेको छ। अहिले राजधानीका मुख्य सडकमा हिड्न सक्ने अवस्था छैन। जताततै धुलो र धुवाले राजधनीवासीलाई हैरानी बनाएको छ।

जनतामात्रै धुलो पीडित भएको हो कि भनेको होइन रहेछ बन्द गाडीमा हिडेनेहरूपनि धुलो बाट पीडित रहेछन भन्ने निश्कर्षमा धरहरा पुगेको छ। प्रसंग हो अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मेलम्ची आयोजनाका पदाधिकारीलाई आफ्नो कार्यालयमा बोलाएर राजधानीको धुलो हटाउन निर्देशन दिए।

राजधानीको धुलो हटाउ। मुलुकमा फैलिएको धुलो सरी भ्रष्टााचार हटाउन लाग्नु पर्ने धरहरा धुलोको पछि लागेको देखेर धरहरा छक्क परेको छ। जनताको आसा र भरोसा भनेको संस्थाबाट यस्तो हुन थालेपछि देशले कहांको सुसासन पाओस हैन त पाठक बृन्द्ध।

प्रतिक्रिया दिनुहोस्