विराटनगर ६ रनले विजयी



काठमाडौं, (नेस)
विराटनगर वारियर्सले कीर्तिपुरमा जारी टीभीएस एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगितामा कठिन जित हात पारेको छ।

मंगलबार भएको खेलमा विराटनगरले ललितपुर प्याट्रियट्सलाई ६ रनले हराएको हो। विराटनगरले दिएको १ सय ५१ रनको लक्ष्य पछइएको ललितपुर १ सय ४४ रनमा अल आउट भएको थियो। ६ चौका र १ छक्का प्रहार गरेका पवन शराफको ५१ रन पनि जितका लागि पर्याप्त भएन। जबकि कप्तान ज्ञानेन्द्र मल्ल एक रनमै आउट भएका थिए। विराटनगरका कप्तान पारस, अन्सुमान रथ, करण केसी र वसन्त रेग्मीले समान १–१ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङमा उत्रिएको विराटनगरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५० रनको योगफल तयार पारेको थियो। टोलीका लागि अनिलले अविजित सर्वाधिक ४७ रनको बनाए। ३५ बल खेलेका अनिलले २ चौका र ३ छक्का प्रहार गरे। पारसले ३८ रन र हङकङका खेलाडी बाबर हायातले ३४ रन बनाए।

प्रतिक्रिया दिनुहोस्