राहतको पर्खाइ



वर्तमान काम चलाउ सरकारले दुई साताको अन्तरमा दुईपटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १⁄१ रुपियाँले वृद्धि गर्ने निर्णय गरेको हो।

नयाँ मूल्यअनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय १ रुपियाँ पुगेको छ। त्यस्तै, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ७८ रुपियाँ पुगेको छ। भारतीय आयल कर्पोरेसन (आईओसी)ले पठाएको नयाँ मूल्यसूचीअनुसार इन्धनको मूल्यवृद्धि गर्नुपर्ने अवस्था आएको आयल निगमको दाबी छ। खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने अहिले वृद्धि गरिएको छैन।

वर्तमान सरकारले २ सातामा यसरी मूल्यवृद्धि गरिरहेका बेला वाम गठबन्धनको नेतृत्वमा गठन हुने नयाँ सरकारले अब के गर्ने हो धरहरासहित आम सर्वसाधारणको चासो छ। नयाँ सरकारले दैनिक उपभोग्य वस्तुसहित बजारभाउ सन्तुलन राख्ने र मूल्यवृद्धि नियन्त्रण गर्ने धेरैले अपेक्षा गरेका छन्।

यत्रो बहुमत पाएपछि त नयाँ सरकारले पनि वर्तमान सरकार जसरी नै मूल्यवृद्धि गर्न पनि भएन। अब फेरि पनि आईओसीले जतिसुकै बढेको मूल्यसूची पठाए पनि त्यस्तो सूची गुपचुपमा राखेर नयाँ सरकारले राहत पो दिने हो कि?

प्रतिक्रिया दिनुहोस्