स्नेहा, प्रकृति र अजा क्वार्टरफाइनलमा



नेपाल समाचारपत्र
काठमाडौंक
स्नेहा यादव, प्रकृति श्रेष्ठ र अजा रेग्मी १५औं जयकर मेमोरियल राष्ट्रिय जुनियर लनटेनिस प्रतियोगिताको यू–१४ गल्र्स सिंगल्समा सोमबार क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

मन जयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगितामा स्नेहाले निमिशा ढकाललाई ६–१ र ६–३, प्रकृतिले सृष्टि राईलाई ६–४ र ६–३ तथा अजाले आइशा डोल्कर गुरुङलाई ६–४ र ६–४ को सोझो सेटमा पराजित गरे। सोही स्पर्धाको ब्वाइजमा कुवेहाङ चेम्जोङले आयुश गुरुङलाई ६–० र ६–०, आर्यन गिरीले सफल श्रेष्ठलाई ६–१ र ६–१, आदित अग्रवालले साक्षत शाहीलाई ६–४, ०–६ र ६–४ तथा सरोज तामाङले प्रणव मानन्धरलाई ६–१, ४–६ र ७–५ को सेटमा हराउँदै अन्तिम आठमा स्थान सुरक्षित गरे।

प्रतिक्रिया दिनुहोस्