ईपीएलको उद्घाटन खेलमा ललितपुरको विजयी सुरुवात



नेपाल समाचारपत्र,काठमाडौँ ।

एभरेष्ट प्रिमियर लिग (इपिएल) मा ललितपुर प्याट्रियोट्सले विजयी सुरुवात गरेको छ। सुखद सुरुवात गर्नेक्रममा ललितपुरले काठमाडौं किंग्स एलेवेनलाई ७ विकेटले पराजित गरेको छ।

त्रिवि क्रिकेट मैदानमा सोमबार टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौं किंग्स एलेवेनले दिएको ९० रनको लक्ष्य ललितपुरले १६.३ ओभरमा ३ विकेट गुमाएर भेटायो।

ललितपुरका भारतीय खेलाडी जयकिसन कोल्सावालाले सर्बाधिक नटआउट ४४ रनको पारी खेले। ४७ बलको सामना गरेका उनले ४ चौका र २ छक्का प्रहार गरे। त्यस्तै, कप्तान ज्ञानेन्द्र मल्लले २० तथा राजबिर सिंहले १४ रन जोडे। काठमाडौंका श्रीलंकन खेलाडी अक्क्षु फर्नान्डोले २ तथा जितेन्द्र मुखिया १ विकेट लिए। त्यसअघि काठमाडौंले १८।३ ओभरमा सबै विकेट गुमाउँदै ८९ रनमा अलआउट भएको थियो।

प्रतिक्रिया दिनुहोस्