इपीएलको उद्घाटन खेलमा काठमाडौं किंग्स एलेभेन र ललितपुर प्याट्रिओट्स भिड्दै



नेपाल समाचारपत्र, काठमाडौं ।
एभरेष्ट प्रिमियर लिग इपीएल को उद्घाटन खेलमा सोमबार काठमाडौं किंग्स एलेभेन र ललितपुर प्याट्रिओट्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल कीर्तिपुरस्थित टीयू इन्टरनेशनल मैदानमा बिहान ११ बजे सुरु हुने बताइएको छ ।

काठमाडौं किंग्स एलेभेन श्रीलंकन खेलाडी फरविज महारुफको कप्तानीमा मैदान उत्रनेछ भने ललितपुरको कप्तानी नेपाली राष्ट्रिय टिमका उपकप्तान समेत रहेका ज्ञानेन्द्र मल्ले गर्नेछन्।

ज्ञानेन्द्र ललितपुरका मार्क्यु प्लेअर समेत हुन्। काठमाडौंको मार्क्यु प्लेअर सोमपाल कामी हुन्। दुवै टिमका कप्तानले खेलका लागि उत्साहित रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्