आजबाट इपीएल शुरू



नेपाल समाचारपत्र
काठमाडौं
नेपाली क्रिकेट इतिहासमा सबैभन्दा ठूलो क्रिकेट इभेन्ट बनाउने लक्ष्यसहित एभरेस्ट प्रिमियर लिग (इपीएल) क्रिकेट आजबाट शुरु हुँदै छ।

प्रतियोगिताको एकदिन अघि आयोजक इपीएल प्रालीले इपीएलको ट्रफी अलभेइल गर्दै यसलाई भव्य रूपमा आयोजना गर्ने जनाएको हो। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने प्रतियोगितामा ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन्।

१३ दिनसम्म चल्ने प्रतियोगितामा १९ खेल हुनेछन्। टिमको नाम नेपालका विभिन्न ६ शहरको नामको आधारमा राखिएको छ। जसमा काठमाडौं किंग्स इलेभेन, ललितपुर पाट्रिओट्स, विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर, पोखरा राइनोज र चितवन टाइगर्स छन्।

सोमबार हुने प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं किंग्स एलेभेनले ललितपुर प्याट्रओट्सको सामना गर्नेछ।

दोस्रो संस्करणको इपीएलको विजेताले नगद २१ लाख पुरस्कार हात पार्नेछन्। नेपाली क्रिकेट इतिहासमा अहिलेसम्म भएका मध्ये यो सर्वाधिक नगद पुरस्कार हुनेछ।

प्रतिक्रिया दिनुहोस्