सभासद् कि सांसद



सभासद् कि सांसद अहिले पनि धेरै मानिसलाई यो शब्द कन्फ्युज हुने गरेको छ। २०६२ सालअघि सम्म माननीयलाई सांसद भनिन्थ्यो तर पछि माननीयलाई सांसद मात्र होइन सभासद्समेत भनियो र सभासद् हरेक नेपालीको मुखमा कण्ठ भएको थियो।

सभासद्हरुले हुने नहुने वैध अवैध सबै काम गरे। त्यस कारण पनि नेपाली जनताले सभासद्का बारेमा टिका टिप्पणीमात्र गरेनन् कुन्नि के–के हो पनि गरे त्यो धरहराको मानसपटलबाट बिस्तारै हराउदै गएको छ। २०७४ सालको २ वटा निर्वाचन पनि सम्पन्न भइसकेको छ।

अहिले संघीय संसद् र प्रदेशको समेत चुनाव सम्पन्न भएर माननीयहरु निर्वाचित भएर मन्त्री हुन खुट्टा उचालि सकेका पनि छन तर अहिलेका माननीय सभासद् हुन कि सांसद हुन भन्ने हेक्का अबका प्रधानमन्त्री भनिएका केपी ओलीलाई पनि रहेनछ। आइतबार एउटा तारे होटलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा ओलीले भनिदिए सभासद्् एकछिन धरहरापछि छक्क पर्यो अहिले निर्वाचित भएका सांसद होइन र भन्या। ओली कमरेडले कुन आधारमा सभासद् भनेका हुन् धरहराले बुझ्न सकेन।

अहिले ओलीका फ्यान ३१ लाख भन्दा बढी नेपाली छन्। ओलीले जे बोले पनि पत्याउने ती जमातले फेरि सांसदलाई सभासद ्भनेर सम्वोधन गरे भने के होला पाठकबृन्द धरहराले बुझ्न सकेन तपाईंले केही बुझेको भए जानकारी पाम है ?

प्रतिक्रिया दिनुहोस्