पूर्वसचिव गिरी सेतो गुराँसको अध्यक्ष



सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाको अध्यक्षमा पूर्वसचिव जयराम गिरी चयन हुनुभएको छ। हालै सम्पन्न बैठकले उपाध्यक्षमा सेतो गुराँसका संथापक अध्यक्ष अगाथा थापा, कोषाध्यक्षमा शिक्षा विभागका पूर्वनिर्देशक राज्यलक्ष्मी नकर्मी चयन हुनुभएको छ। संस्थाको सदस्य–सचिवमा कुन्ती राना र सदस्यहरूमा प्राडा प्रेमनारायण अर्याल, मधु राजभण्डारी र राधिका तुम्बाहाम्फे चयन हुनुभएको छ।

प्रतिक्रिया दिनुहोस्