रोनाल्डोले रियल मेड्रिडलाई उपाधि दिलाए



लन्डनm, (एजेन्सी)
क्रिस्टियानो रोनाल्डोले रियल मेड्रिडको लागि थप उपाधि भित्र्याएका छन् । उनले गरेको एक गोल नै निर्णायक भएपछि रियल मेड्रिडले अबु धाबीमा क्लब वल्र्ड कप उपाधि जितेको हो । शनिबार राति भएको फाइनल खेलमा रोनाल्डोले ५३औं मिनेटमा २५ यार्डबाट फ्रिकिकमा गोल गरेका थिए । उनको यो गोलको सहयोगमा रियल मेड्रिडले ब्राजिली क्लब ग्रेमीयोलाई १–० ले हराउन सफल भएको थियो ।
स्पेनी क्लबले बार्सिलोनाले तीन पटक यो उपाधि जितेको रेकर्डसँग पनि बराबरी गरेको छ । रियल मेड्रिडले वर्ष २०१७ मा पाँच ट्रफी जितेको छ । च्याम्पियन्स लिग, ला लिगा, युएफा सुपर कप, स्पेनीस सुपर कप र अहिले क्लब वल्र्ड कप रियलले जितेको हो । यसका साथै मेनेजर जिनेदिन जिदानको नेतृत्वमा क्लबले समग्रमा आठ उपाधि जितिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्