शिक्षा क्षेत्रका तारा



कमल ढकाल ।
डक्टर योगी विकासानन्द सधंै भन्ने गर्नुहुन्छ– ‘शुरूमा पीडा नभएको काम रोज्यो भने क्षण–क्षणमा पीडादायक हुन्छ जिन्दगी।शुरूको सजिलो पछिको गाह्रो शुरूको गाह्रो पछिको सजिलो। त्यसैले आफू केही बन्न हिँड्नेहरूले शुरूमा गाह्रो काम रोज्छन्। पछि सजिलो हुन्छ।’

रसियन एक भनाइ छ– ‘काम रोज्दा ब्रेकफास्टमा भ्यागुतो खाउ दिनभरि योभन्दा घिन लाग्दो काम अरू आउँदैन।’ अफ्ठेरो काम पहिले गरेपछि शक्ति आउँछ,

शक्तिशाली र महान् बन्ने मान्छे आफूले जे गर्छन् त्यसमा नै मनोरन्जन लिन्छन्। त्यसैले अरूले कठिन देखेका काममा उनीहरू मनोरन्जन गर्दै जिन्दगीको बाटो उक्लन्छन्। हेर्नेले देख्छ यस्तो गाह्रो काम कति सजिलै गरेको उनलाई त महान् मान्छे मान्नै पर्छ। महान् मान्छेलाई भेटौ अझै धेरै गर्न बाँकी छ के गरेको छ र भन्छन्। जति गर्दै गयो लक्ष्य क्षितिज जस्तो बन्छ महान् मान्छेको। अझै गर्न बाँकी देखिने।

सिन्धुली खुर्काेटमा जन्मेका डाक्टर सुरेशराज शर्माले पनि ठूलै लक्ष्य लिए जिन्दगीमा। सिन्धुली खुर्काेट समयक्रममा परिवर्तन भयो। त्यहाँ जन्मेका डाक्टर सुरेशराज शर्मा पनि किन हेरी बस्थे र परिवर्तन। उनले आफ्नो जिन्दगीको आयतन खुर्काेटले मारेको बुर्कुसीभन्दा पनि चौडा बनाए। जिल्लामै स्कुल नभएको ठाउँबाट आएर पीएचडी पास गरे सुरेशले। बाटो नै नभएको गाउँबाट आएका उनी राजधानीको व्यस्त शहरमा आफूलाई उभ्याउन सफल बने। बाबुले गाउँमा स्कुल खोले, सुरेशले काठमाडांै विश्वविद्यालय नै बनाए। डिट्ठा बाबुले खोलेको स्कुलबाट कखरा खारेका सुरेशले यति गरे कि उनी आज नेपालकै शिक्षा क्षेत्रका नअस्ताउने तारा बनेका छन्।

जिल्लामै स्कुल नभएको ठाउँबाट आएर पीएचडी पास गरे सुरेशले। बाटो नै नभएको गाउँबाट आएका उनी राजधानीको व्यस्त शहरमा आफूलाई उभ्याउन सफल बने। बाबुले गाउँमा स्कुल खोले सुरेशले काठमाडौं विश्वविद्यालय नै बनाए। डिट्ठा बाबुले खोलेको स्कुलबाट कखरा खारेका सुरेशले यति गरे कि उनी आज नेपालकै शिक्षा क्षेत्रका नअस्ताउने तारा बनेका छन्।

जिन्दगीले यति रफुचक्कर मार्दा मेहनत परिश्रमका कथा एक किताबभन्दा बढी लामो बन्न सक्छ। साइन्स पढ्नकै लागि दौडादौड गरेर जनकपुर आएका सुरेशले त्यहीं बाट एसएलसी गरे। पुरानो समयको पुरानो कथा हुन्छ। अहिलेको अमृत साइन्स क्याम्पसलाई उतिबेला पब्लिक साइन्स भनिन्थ्यो। त्यहींबाट आईएस्सी र बीएस्सी त्रिचन्द्रमा पास गरेपछि एमएस्सी केमेस्ट्रीमा कर्नाटकबाट गरे।

पढाइको एक सेल समाप्त भयो। अब जागिर खाने विचार मात्र गर्दैथे एमएस्सी पास गरेर आउनेबित्तिकै जब पाए। हिजो जहाँ कापी बोकेर जान्थे आज उही चक र डस्टर लिँदै जानुपर्यो। उही कक्षा उही भूगोल तर परिचय फरक बोकेर ६ वर्ष बसे त्रिचन्द्र कलेजमा सुरेश। हिजोको विद्यार्थीको परिचय आज त्रिचन्द्रका लेक्चरर बन्यो। झन्डै ९ वर्ष काम गरेपछि नयाँ सपना पलायो। पीएचडी त्यो पनि यूके वा यूएसएबाट गर्न पाए त। विचार बद्लिएपछि जिन्दगी पनि बदलिन्छ। मात्र सकरात्मक विचार गर्नुपर्छ। सोचेको कुरा व्यवहारमै पुग्यो। सन् १९७४ मा पीएचडीको मौका पाए। यूकेमा गएर केमेस्ट्रिमा पीएचडी गरेर फर्के।

यूकेबाट डक्टर भएर आएपछि भाग्यको ढोका खुल जा सिमसिम भन्ने कथाझंै खुल्दै गयो। आफूमा कन्फिडेन्स बढेपछि जे पनि गर्न सक्छु भन्ने लाग्छ मान्छेलाई। हो त्यही आत्मविश्वासले नै मान्छेलाई प्रगतितर्फ लैजान्छ। डाक्टर सुरेशलाई पनि त्यस्तै भयो। आउनेबित्तिकै प्रोफेसर भए। नयाँ शिक्षा लागू गर्ने शिक्षा समितिमा मेम्बर सेक्रेटरी भए।

कार्पेन्टरलाई काठको काम नआउने भने जस्तै भोकेसनल टे«निङ २ सयदेखि ४ सय मार्कको पढाइ गर्ने शिक्षक नै उतिबेला थिएनन्। टेक्निकल पढाउनुपर्छ भन्ने मनभरि बोकेका सुरेशलाई देश विकासका लागि कागजी शिक्षा मात्र काम छैन भन्ने भित्रैदेखि लागेको थियो। त्यसैले उनले राजालाई र डोनर दुवैलाई भनेर बालाजु, जिरी, धनकुटा लाहान र जुम्लामा टेक्निकल इन्स्टिच्युट बनाए। प्राविधिक शिक्षा विकास तालिम केन्द्रबाट सर्टिफिकेट पाउने व्यवस्था भएपछि त्यहाँ पढ्नेहरूले तात्तातै काम पाउन थाले।

राम्रै चलेको त्यो काममा २०४६ सालको राजनैतिक परिवर्तनले पञ्चायतको पालामा भएको राम्रा काम वास्ता गरेन। नयाँ कुरा के गर्ने भन्ने पनि सकेन। त्यो निराशामा सुरेशराजलाई नयाँ आशा जन्म्यो। शिक्षा क्षेत्रमा लामो समयदेखि लागेका आफूजस्तै साथीभाइलाई लिएर एउटा विश्वविद्यालय बनाउने।

मुलुकमा एक किसिमको ठप्पको अवस्था थियो २०४६ सालमा। पुराना नेता नयाँ राजनैतिक पार्टीले काम गर्लान् भनेर हेर्थे। नयाँ राजनीतिमा आएका पुराना सबै हटाउन खोज्थे।कतै केही काम हुन नसकेको त्यो बेला डाक्टर सुरेशलाई भने विश्वविद्यालय खोल्ने योजनाले बसी खप्न दिएन। कम्प्युटरको एज आयो कम्प्युटरको पढाइ छैन। नगरपालिका थपिएको छ म्युनिसिपलिटी कसरी वेल म्यानेज गर्ने भन्ने थाहा भएन। शिक्षा नै नभएपछि कसरी देश विकास हुन्छ र? कहीं कतै दक्ष जनशक्ति नभएपछि सुन्दै असम्भव विश्वविद्यालय खोल्ने काममा सुरेशराजले आफ्नो पाइला बढाए।

साना कुरा महवपुर्ण हुन्छन्। त्यसै भनिएको हैन स्मल इज ब्युटिफुल। विश्व यात्रा पनि एक पाइलाबाट शुरू हुन्छ भनेझैं डाक्टरसाबको टिमले काम शुरू गर्यो। सरकारले तिमीहरू काम शुरू गर हामी सकेको गर्छाै भन्ने उत्साहका कारण लागेको उनको टिमले धुलिखेलमा जग्गा लियो। नौलो काम गर्न रिसोर्स चाहिँदैन। डोनर खोज्ने, सरकारी सपोर्ट लिने पब्लिक सपोर्ट लिने, जग्गा लिने सब काम गरेर विश्वविद्यालय पूरै तयार गर्यो त्यो टिमले। सुन्दा असम्भव काम गर्दा सम्भव भयो।

जागिर खाने कामको लागि क्षमतावान् विद्यार्थी निकाल्न लागेको डाक्टर सुरेशराज शर्माको टिमले अहिले साउथ एसियामै पहिलो जोमेटिक इन्जिनियरियर्स फार्मेसेटिकल साइन्स, बायो टेक्नोलोजी, इन्भारमेन्टल र न्याचुरल साइन्सलगायतका विषयमा पढाइ हुने केयू नेपालकोे नमुना विश्वविद्यालयको रूपमा विकसित भइसकेको छ। मेडिकल साइन्समा पनि लागेको केयूले एमबीबीएस, बीएस्सी, स्टाफ नर्स, फिजियोथेरापी, पढाउँछ। एमबीबीएस पढन विदेश जाने नेपालीको पैसा मात्र केयूले रोकेको छैन। ठाउँ–ठाउँमा केयूसँग सम्बन्धित मेडिकल कलेज खुल्नाले स्वास्थ क्षेत्रमै कायापलट भएको छ।

‘जुनसुकै सरकारले आशा बढाउँछ त्यो अनुसारको काम हुन सक्दैन र मान्छेलाई निराशा बढेको छ। पानी छैन। बिजुली छैन। बाटो त्यस्तै हालत छ। सुरक्षा छैन। राजनैतिक अस्थिरता छ। विकास हुने अत्तोपत्तो छैन। बसी सुख न उठी सुखको अवस्थामा जनता छ। राजनीति गर्नेले त देश बिगारे–बिगारे प्लान गर्नेले पनि देश बिगारे’ –यसै भन्छन् डाक्टर सुरेश। ‘पोर प्लानले देश बिग्रियो। बाटो भत्काएको छ तर गाडी रोक्ने ठाउँ छैन के गाडी गुड्ने मात्र हो रोक्नु पर्दैन ?

राजनीति गर्नेलाई हेरेर आफू कामै नगरी बस्नु राम्रो होइन। पोलिटिक्स गर्नु नेताको क्यारियर हो आफ्नो काममा दख्खल भएनन् जनतालाई खुसी राखेनन् भने उनीहरू बिग्रन्छन्। नेताका कारणले आफू बिग्रनु हँुदैन। आफ्नो क्यारियर के हो त्यसलाई चिनेर लाग्नुपर्छ। जनतालाई त्यो हदमा निराशा आउन नदिन केयूले आफूले हात हालेका काममा पूर्ण दख्खल भएको मान्छे निकाल्ने मोटो विकसित गरेको छ’, डा. साब भन्दै थिए– ‘जहाँ गए पनि लिडर निकाल्न्ने काठमाडौं युनिभर्सिटिको मोटो हो।’

७७ वर्षीय सुरेश आज पूर्व उपकुलपतिको रूपमा छन्। युवामा हुने जोश अझै छ उनीसँग। समय खेर नफाल्ने सुरेश पढ्ने लेख्ने मान्छे भेट्ने र विकासका खाका कोरिरहेका छन्। ज्ञानले भरिएको मान्छेसँग भेट्दा आउने आनन्द उनीसँग भेट्दा आउँछ।

 

प्रतिक्रिया दिनुहोस्