स्पेन विश्वकपबाट बाहिरिने सक्ने



मेड्रिड, (एजेन्सी)
स्पेन आगामी वर्ष रुसमा हुने विश्वकपबाट बाहिरिने सक्ने भएको छ। विश्व फुटबलका सर्वोच्च निकाय फिफाले स्पेनीस फुटबल महासंघलाई राजनीतिक हस्तक्षेपबारे चेतावनी दिएपछि स्पेन विश्वकपबाट बाहिरिन सक्ने भएको हो। स्पेनको सरकारले महासंघको अध्यक्ष लागि हुने आउँदो चुनावमा निरन्तर हस्तक्षेप भइरहेमा विश्वकपबाट स्पेन निष्कासित भएको हेर्नु पर्ने फिफाले चेतावनी दिएको छ।

स्पेनीस फुटबल जुलाईदेखि अन्तरिम अध्यक्ष हुआन लुइस लारीयाको नेतृत्वमा रहेको छ। पूर्व प्रमुख एन्जेल मारिया भिलारमाथि भ्रष्टाचारको आरोप लागेपछि दवावबाट उनलाई राजीनामा दिन लगाएको थियो। फिफाले राजनीतिक दवाव जारी रहेमा कुनै राष्ट्रिय टोलीको सदस्यताबाट समेत निलम्बन गर्न सक्ने पनि जनाएको छ।

भिलारको राजीनामापछि युरोपियन फुटबलको सर्वोच्च संस्था युएफाका उपाध्यक्ष र फिफाका कार्यकारी उपाध्यक्ष पदमा रहेका पूर्व स्पेनी खेलाडीले पनि राजीनामा दिएका थिए। जबकी उनी फिफा अध्यक्ष गियानी इन्फाटिनोभन्दा दोस्रो स्थानमा रहेका थिए।

यसअघि पनि सन् २००८ मा तत्कालीन फिफा अध्यक्ष सेप ब्लाटरले स्पेनलाई युरो २००८ बाट प्रतिबन्धित लगाउने त्रास दिएका थिए। तर सो प्रतियोगिता स्पेनले जितेको थियो। त्यतिबेला पनि स्पेनीस सरकारले निर्वाचन प्रक्रियामा हस्तक्षेप गरिएको आरोप लागेको थियो। फेरि एकपटक स्पेनीस सरकारमाथि उस्तै आरोप लागेको छ।

प्रतिक्रिया दिनुहोस्