शरणार्थी शिविर निर्माण



बेइजिङ, (एजेन्सी)
चीनले उत्तर कोरियासँगको ८ सय ८० माइल लामो सीमाक्षेत्रमा शरणार्थी ििवरको सञ्जाल निर्माण थालेको छ। उत्तर कोरियाली शासक किम जोङ उनको सत्ता गिरेको अवस्थामा आउन सक्ने शरणार्थी समस्याका लागि उक्त तयारी भइरहेको बताइएको छ। कोरियाली प्रायद्विपमा आउन सक्ने संकटमा हजारौं संख्यामा पलायन हुने अनुमान गरिएका आप्रवासीका लागि आश्रयस्थलका रुपमा ती शिविरहरु निर्माण भइरहेको सरकारी टेलिकमको चिनियाँ सामाजिक सन्जाल वेइबोमा भाइरल भएको हो। उक्त विषयमा द फाइनान्सियल टाइम्सले समाचार प्रकाशित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्