६ बर्षको बालकको करोडौंको प्रतिभा



न्युयोर्क (एजेन्सी)
एकजना ६ बर्षिय बच्चाले कति कमाउन सक्छ ? यति कम उमेरमा उसले काम त गर्न पाउँछ ? तर भरखरका रेयान हरेक हप्ता युट्युबमा खेलौनाको समिक्षा लिएर आउँछन् र त्यसबाट उनका आमाबुवाले पसस्त पैसा कमाइरहेका छन्।

रेयानले गत बर्ष मात्रै १ करोड १० लाख डलर कमाएका थिए। युट्युवमा रेयानको भिडियो करौंले हेर्छन। ६ बर्षका बच्चा रेयान टवायजरिब्यु नामको एक युट्युव च्यानल नै चलाउँछन्। यो युट्युव च्यानलको माध्यमबाट रेयान आफना दर्शकलाई खेलौनाको जगतमा लिएर जान्छन्।
फोब्र्स अखबारले उनलाई सन् २०१७ विश्वको सबैभन्दा धेरै आम्दानी गर्ने सेलिब्रिटीको सुचीमा राखेको छ। सन् २०१५ मा सुरु गरेको रेयानको ट्वायजरिव्युका भिडियोलाई अहिले सम्म १६ अर्ब भन्दा धेरैले हेरिसकेका छन्। यति धेरै ख्याति कमाइसकेको भएपनि रेयानका बारेमा विश्वलाई धेरै जानकारी छैन।

उनको पुरा नाम के हो , उ कहाँ बस्छ, जस्ता प्रश्नको जवाफ कमैलाई मात्र थाहा छ। उ एक अमेरिकी हो भन्ने मात्र थाहा छ। हालैमात्र वासिङगटन पोस्टलाई दिएको एक अन्तरवार्तामा रेयानका आमाले भनिन्– युट्युव च्यानलको विचार त्यतिबेला आएको थियो, जुन बेला रेयान ३ बर्षका थिए। रेयान सानो उमेरदेखि नै खेलौनाको समिक्षा भएका टीभी च्यानल्स धेरै हेर्ने गर्थे।

रेयानकी आमाले आफनो परिचय उल्लेख नगर्ने सर्तमा भने– एक दिन रेयानले मलाई अरू बच्चा जस्तै उ युट्युवमा किन आउँदैन भन्ने प्रश्न गरे। त्यतिबेला हामीले त्यो गर्न सक्छौं भन्ने बताएका थियौं। हामी खेलौना पसलमा गयौं। एउटा लिगो ट्रेन किन्यौं र त्यहीँबाट यसको सुरुआत भयो।
रेयानको एउटा भिडियो ८० करोड भन्दा धेरैले हेरे। सन् २०१५ मार्चमा सुरु भएको उनको युट्युव च्यानलले बर्ष अन्त्य हुन अगाडी सन् २०१६ जनवरीसम्ममा १० लाख भन्दा धेरै सब्स्क्राइबर्स पाइसकेका थिए। अहिले रेयानको च्यानलले १ करोड भन्दा धेरै सब्स्क्राइबर पाइसकेको छ।

प्रतिक्रिया दिनुहोस्