उत्तर कोरियामा वरिष्ठ जनरललाई मृत्युदण्ड दिइएको आशंका



प्योंगयांग,(एजेन्सी)
उत्तर कोरियाका सर्वोच्च नेता किम जोंग उनका एकजना प्रमुख सहयोगी सार्वजनिक जिवनबाट वेपत्ता भएका छन्। फलत उनलाई मृत्युदण्ड दिइएको हुनुपर्ने अनुमान गरिएको छ। कुनै समय जनरल ह्वांग प्योंग सो वर्कर्स पार्टीको केन्दि«य समितीमा किमको भित्री समुहमा पर्ने गर्दथे।

भाइस मार्शल भएके नाताले पनि सेनामा समेत सुप्रिम कमान्डर किमपछि उनी सेनाको सबैभन्दा वरिष्ठ पदमा रहेका थिए। किमका मनपर्ने चार व्यक्ति मध्ये एक रहिरहन असफल हुनु अघिसम्म गत सेप्टेम्वरमा छैठौं आणविक परिक्षण गरिँदा ह्वांग किमसंग उभिने चार व्यक्ति मध्ये रहेका थिए।

तर त्यसबेला देखि उनलाई घुस खाएको आरोपमा पार्टीबाट निष्कासन गरिएको तथा उनी र उनका सहायक किम वोन होंगलाई कारगार शिविरमा चलान गरिएको विश्वास गरिएको छ। १३ अक्टोवरदेखि ह्वाँगलाई कुनै पनि सार्वजनिक स्थानमा भेटिएको छैन।

दक्षिण कोरियाली जूंगआंग वोलेजनएके छ , ‘ यदि ह्वांगलाई पार्टीबाटै निष्कासन गरिएको हो भने उनको राजनीतिक जिवनर संभवत जिवनकै अन्तय भएको मानिनुपर्दछ। तर उनी जिवितै छन् वा छैनन् भन्ने पनि यकिन हुन सकेको छैन।

नोभेम्वरमा दक्षिण कोरियाको गुप्तचर निकायले संसदिय ब्रिफिंग गर्ने क्रममा पहिलो पटक उनको मृत्यु भएको खवर सुनाइएको थियो। गुप्तचर प्रतिवेदनमा शासक प्रतिको अपवित्र झुकाव राखेको आशंकामा सेनाको पोलिटब्युरोले ह्वांग र उनका सहायक किम माथि कडा निगरानी राख्दै आएको उललेख गरिएको छ।

ति दुवैले अन्यलाई पदोन्नोति गरिदिने भन्दै घुस खाएको बुझिएपछि नेता किम जोंगले अन्यलाई चेतावनी दिनलाई भएपनि तिनीहरूलाई कडा कारवाही गरिने बताएको दक्षिण कोरियाको एक सुत्रले जूंगआंग वोलाई जानकारी दिएको छ। यसअघि सन् २०१३ को नोभेम्वरमा गिरफतार गरिएका किम जोंगका फुपाजु जांग सोंग–थायकलाई पनि मृत्युदण्ड दिइएको थियो।

प्रतिक्रिया दिनुहोस्