वाम गठबन्धन समानुपातिकतर्फ पनि पहिलो



कविराज नेपाल, पाल्पा

प्रतिनिधिसभा र प्रदेशसभाका ६ वटै सिट आफ्नो पोल्टामा पार्न सफल वाम गठबन्धनेको समानुपातिकतर्फ पनि पहिलो भएको छ। मतपरिणाम हेर्दा वाम गठबन्धन मध्येको एक दल नेकपा एमाले समानुपातिकमा पनि पहिलो भएको छ। एमालेले निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसभन्दा झण्डै ११ हजार बढी मत प्राप्त गरेको हो। त्यस्तै माओवादी केन्द्रलाई समानुपातिकमा तेस्रो स्थान प्राप्त भएको छ।

मतगणनाको नतिजाअनुसार एमालेले ५७ हजार १ सय ९ मत प्राप्त गरेको छ भने कांग्रेसले ४६ हजार ३६ मत प्राप्त गरेको छ। यस्तै नेकपा माओवादी केन्द्रले ८ हजार ३० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत शंकरराज बरालले बताए।

पाल्पा क्षेत्र नम्बर १ मा एमालेले ३० हजार ११४ मत ल्याएको छ कांग्रेसले २२ हजार ९ सय ४५ र माओवादी केन्द्रले १ हजार ९ सय ४९ मत प्राप्त गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले ५१, संघीय समाजवादी फोरमले ६३, राष्ट्रिय जनमोर्चाले २ सय १७, राष्ट्रिय जनमुक्ति पार्टीले १२३, नेपाली जनता दलले १ सय ७, नयाँ शक्ति पार्टी नेपालले ४१, मंगोल नेसनल अर्गनाइजेसनले ९ सय २२, विवेकशील साझा पार्टीले ४ सय ९५ मत प्राप्त गरेका छन्। क्षेत्र नम्बर १ को प्रदेशसभा ‘क’ मा नेकपा एमालेले १६ हजार ५ सय ९७, कांग्रेसले १२ हजार ६ सय २२, नेकपा माओवादी केन्द्रले ६ सय ८४ मत प्राप्त गरेका छन्। राष्ट्रिय जनमोर्चाले १ सय ९१, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले ५४, मंगोल नेसनल अर्गनाइजेसनले ७६, विवेकशील साझा पार्टीले १ सय ८६ मत प्राप्त गरेका छन्। प्रदेशसभा ‘ख‘ मा एमालेले १२ हजार ८ सय ८७, नेपाली कांग्रेसले ९ हजार ६ सय ५३, माओवादी केन्द्रले १ हजार २ सय ३४ मत प्राप्त गरेका छन्। यस्तै मंगोल नेसनल अर्गनाइजेसनले ८ सय ६३, विवेकशील साझा पार्टीले १ सय ६६, राष्ट्रिय जनमोर्चाले ५८, राष्ट्रिय प्रजातन्त्र पार्टीले १५, राप्रपा प्रजातान्त्रिकले १७, संघीय समाजवादी फोरमले ६७, नयाँ शक्ति पार्टी नेपालले १७ मत प्राप्त गरेका छन्।

क्षेत्र नम्बर १ मा समानुपातिकतर्फ ५९ हजार ४ सय ७ मत खसेको थियो भने त्यसमध्ये १ हजार ६ सय ५६ मत बदर भएको सहायक निर्वाचन अधिकृत रामचन्द्र अर्यालले जानकारी दिए। क्षेत्र नम्बर २ मा नेकपा एमालेले २६ हजार ९ सय ९५, नेपाली कांग्रेसले २३ हजार ९१ र माओवादी केन्द्रले ६ हजार ८१ मत प्राप्त गरेका छन्। विवेकशील साझा पार्टीले १ हजार ४ सय १८, मंगोल नेसनल अर्गनाइजेसनले ८ सय ८३, राष्ट्रिय जनमुक्ति पार्टीले ८ सय ३५, राष्ट्रिय जनमोर्चाले ५ सय १७, राप्रपाले १ सय ३८, राप्रपा प्रजातान्त्रिकले १ सय ८३ मत प्राप्त गरेका छन्। क्षेत्र नम्बर २ प्रदेशसभा ‘क’ मा नेकपा एमालेले १४ हजार ९ सय ७३, नेपाली कांग्रेसले १२ हजार ४ सय ५६, नेकपा माओवादी केन्द्रले १ हजार ८ सय ८९ मत प्राप्त गरेका छन्। विवेकशील साझा पार्टीले ७ सय ९५, मंगोल नेसनल अर्गनाइजेसनले ७ सय ६१, राप्रपाले १ सय २, राप्रपा प्रजातान्त्रिकले ५५, राष्ट्रिय जनमोर्चाले १ सय ६९, राष्ट्रिय जनमुक्ति पार्टीले ५ सय ९०, नयाँ शक्ति पार्टी नेपालले ६२ मत प्राप्त गरेका छन्। क्षेत्र नम्बर २ प्रदेशसभा ‘ख’ मा एमालेले १० हजार ६ सय ४८, कांग्रेसले १० हजार १ सय ४७, माओवादी केन्द्रले ५ हजार ९६ मत प्राप्त गरेका छन्।

यस्तै, राष्ट्रिय जनमोर्चाले ३ सय ७१, राष्ट्रिय जनमुक्ति पार्टीले २ सय ४३, विवेकशील साझा पार्टीले १ सय ६३, मंगोल नेसनल अर्गनाइजेसनले १ सय २८, राप्रपाले २८, राप्रपा प्रजातान्त्रिकले १ सय १ मत प्राप्त गरेका छन्। यसअघि सार्वजनिक भएको प्रतिनिधिसभा एमालेका दलबहादुर राना र सोमप्रसाद पाण्डे तथा र प्रदेशसभातर्फ वाम गठबन्धनबाट क्षेत्र नं. १ ‘क’ मा एमालेका युवराज खनाल, ‘ख’ मा एमालेकै नारायण आचार्य तथा क्षेत्र नं. २ ‘क’ मा डा. पुरन व्रजाचार्य र ‘ख’ मा माओवादी केन्द्रका तुलाराम घर्ती ‘वसन्त’ निर्वाचित भएका थिए। विजयी उम्मेदवारहरूले अहिलेसम्म पनि विभिन्न ग्रामीण क्षेत्रमा गई विजय उत्सव मनाइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्