साना दल “क्लिन स्विप”



प्रशान्त वली, काठमाडौं

संविधान सभामा प्रतिनीधीत्व गर्ने साना दलहरु पत्तासाफ भएका छन् । प्रतिनीधी सभाको प्रत्यक्ष तर्फको अन्तिम मतपरीणाम सार्वजनिक भएसंगै साना दलहरु क्लिन स्विप भएका हुन् । अव संसदमा ९ दलको प्रतिनिधित्व रहनेछ भने स्वतन्त्र तर्फका एक जना छन् । नयाँ पार्टीका रुपमा बाबुराम भट्टराइले नेतृत्व गरेको नयाँ शक्ति पार्टी नेपाल थ्रेस होल्ड कटाए नयाँ राजनितीक दलका रुपमा प्रतिनीधी सभामा प्रतिनिधित्व गर्नेछ ।

प्रतिनिधि सभाको प्रत्यक्षतर्फ नेकपा एमाले सबैभन्दा ठूलो दल बनेको छ । एमालेले १ सय ६५ मध्ये ८० सिटमा जित हात पारेको छ । यद्यपी उसले प्रत्यक्षतर्फ एक्लै वहुमत पुर्याउन सकेन । दोस्रो पार्टी भने नेकपा माओवादी केन्द्र बनेको छ । उसले ३६ सिटमा जित हासिंल गरेको छ । एमाले र माओवादीले निर्वाचनको मुखमै गठबन्धन गरेका थिए ।

२०७० को निर्वाचनमा पहिलो दल बनेको नेपाली कांग्रेस प्रत्यक्षतर्फ तेश्रो बनेको छ । उसले २३ सिटमा जित हात पारेको छ । राष्ट्रिय जनता पार्टीले ११ र संघीय फोरमले १० सिट जितेका छन् । गत संविधानसभामा प्रतिनिधीत्वगरेका मधेसी जनअधिकार फोरम लोकतान्त्रीक, तराइ मधेस लोकतान्त्रीक पार्टी, तराई मधेस सदभाबना पार्टी, राष्ट्रिय मधेस सदभाबना पार्टी, मधेसी जनअधिकार फोरम नेपालको नाम यो संसदमा सुन्न पाइने छैन । यीमध्ये मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष बिजयीकुमार गच्छदार नेपाली कांग्रेसमा प्रबेश गर्नुभएको छ । यस्तै तमलोपाका अध्यक्ष महन्त ठाकुर सदभाबनाका अध्यक्ष राजेन्द्र महतोलगायतका नेताहरुले चुनाव अघि पार्टीको नाम परीवर्तन गरी अधिकासं मधेसबादी दलका नेताले राजपा गठन गरे ।

अन्य दलले ५ सिट जितेका छन् । अन्य दल अन्तर्गत नयाँ शक्ति पार्टी नेपालका १, नेपाल मजदूर किसान पार्टीका १, राष्ट्रिय जनमोर्चाका १ र राष्ट्रिय प्रजातन्त्र पार्टीका १ प्रतिनिधि तथा स्वतन्त्रतर्फ १ जना निर्वाचित हुनुभएको छ । निर्वाचनमा वाम गठबन्धनले १ सय १६ सिट जितेको छ ।
यस्तै, गत संविधान सभामा प्रतिनीधित्व गर्ने अधिकासं दल मर्ज भएको देखिएको छ । राप्रपा नेपाल, खम्वुवान राष्ट्रिय मोर्चा नेपाल, अखण्ड नेपाल पार्टी, थरुहट तराइ पार्टी नेपाल, नेकपा संयुक्त, नेकपा माले, संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्च (थरुहट), नेपाः राष्ट्रिय पार्टी, जनजागरण पार्टी नेपाल, राष्ट्रिय जनमुक्ती पार्टी, नेपाली जनता दलले गत संबिधान सभाको निर्वाचन २०७० मा संविधान सभामा प्रतिनिधित्व गरेका थिए । यस्तै, मधेस समता पार्टी नेपाल, दलीत जनजाति पार्टी, समाजवादी जनता पार्टी, वहुजन शक्ती पार्टीले संविधान सभामा प्रतिनिधित्व गर्न सफल भएका थिए ।

यद्यपी चुनावको मूखमै वाम र लोकतान्त्रीक गठवन्धन वनेसंगै अधिकासं दलहरु मर्ज भएका छन् भने कतिपय दलहरुले सोचेअनुरुप सफलता हासिल गर्न सकेनन् । नेकपा संयुक्त नेकपा एमालेमा समाहित भएको छ । एमालेमा समाहित हुनुअघि नेकपा संयुक्तको अध्यक्ष बन्नुभएका गणेश शाहले देशको निकास र विकासका लागी बाम एकीकरणलाई दीर्घकालीन बनाउन आबश्यक रहेको बताउनुभयो । उहाँले नेपाल समाचारपत्रसंग भन्नुभयो– ‘देशलाई कायापलट गराउन र सवै वाम एक ठाम हुनकै लागि एकिकरण भएको हो । चुनावि प्रयोजनका लागि कदापि समाहित भएका होइनौं । गरिव, शोषित र उत्पीडनमा परेका जनताको हितका लागी अब बन्ने सरकार र नेतृत्वपंक्ती संवेदनशिल हुनैपर्छ । सत्ताको लागि लड्नुहुँदैन ।’

राष्ट्रिय जनमूक्ती पार्टीका नेता ठाकुर रोकाले सत्ताको दुरुपयोग गरेर ठुला दलका उम्मेदवारहरुलाइ चुनाव जिताइएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘सर्वसाधारण जनता राजनितिवाट वहिष्करण हुने देखियो । संसदिय व्यवस्थाप्रती सर्वसाधारणको वितृष्णा जागेको छ । मलाई प्रलोभन समेत देखाइयो । त्यहि पनि मैले एकल उम्मेदवारसमेत दिएँ । ’
यस्तै थरुहट तराई पार्टी नेपाल लोकतान्त्रिकको प्रतिनिधीत्व गर्दै गत संबिधान सभामा सदस्य हुनुभएकी गंगा चौधरी नयाँ शक्तिमा प्रवेश गर्नुभएको छ । कुमार खड्का नेतृत्वको अखण्ड नेपाल पार्टी नेपाली कांग्रेससँग मिसिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावको मुखमै असोज अन्तिम साता पार्टी अध्यक्ष खड्कालाई कांग्रेसमा स्वागत गर्नुभएको थियो । गत संविधान सभा निर्वाचन अखण्ड पार्टीले समानुपातिक तर्फ १ सिट जितेको थियो ।

यस्तै चुनाव उपयोग गर्ने निती अबलम्वन गरेको नेकपा क्रान्तिकारी माओवादीले पनि प्रत्यक्ष तर्फ प्रतिनिधी सभामा एक सिट पनि सुरक्षित गर्न सकेन । सो पार्टीका अध्यक्ष मोहन वैद्य किरण हुनुहुन्छ । यस्तै राप्रपा प्रजातान्त्रीकले पनि प्रत्यक्ष तर्फ प्रतिनिधि सभा सदस्यका लागी एक सिट पनि प्राप्त गर्न सकेन । भर्खरै उदाएको बिबेकशिल साझा पार्टीले प्रत्यक्ष तर्फ जित हासिंल गर्न सकेन । काठमाडौंबाट काग्रेंसका प्रकाशमान सिंहसंग सो पार्टीका रविन्द्र मिश्र झिनो मतले पराजित हुनुभयो ।

प्रतिक्रिया दिनुहोस्