प्योंगयाँगमा ४४ वर्ष थुनिएका अमेरिकीको मृत्यु



सोल,(एजेन्सी)
उत्तर कोरियामा भागेरपछि झण्डै चालिस वर्ष प्योंयांगमा वन्दि बनाइएका एकजना अमेरिकी पुर्व सैनिकको मृत्यु भएके छ। सन् २००४ मा कारगार मुक्त भएदेखि आफ्नो परिवार सहित जापानमा वसोृवास गर्दै आएका ७७ वर्षिय चाल्र्स जेन्किन्सको मृत्यु भएको हो।

साठीको दशकमा उत्तर कोरिया तर्फ भागेका चारजना अमेरिकी सैनिक मध्ये उनलाई मात्र पछि रिहा गरिएको थियो। अन्यको उत्तर कोरियामानै मृत्यु भएको बताइएको छ। ति मध्ये जेम्स ड्रेस्नोकको सन् २०१६ मा मस्तिष्कघातको कारण मृत्यु भएको थियो।

आफ्नी पत्नी हितोमी सोगासंग सादो टापुमा बस्दै आएका जेन्किन्सको सोमवार मृत्यु भएको थियो। हितोमी पनि उत्तर कोरियाका पुर्व वन्दि हुन्। जापानी संचार माध्यमले आफ्नो घर बाहिर एक्कासी लडेका उनको केहि समयपछि उपचारकै क्रममा अस्पतालमा मुटुको समस्याको कारण मृत्यु भएको बताएको छ।

उनकी पत्नीले पतिको मृत्युबाट आफु स्तक्ध भएको बताएकीछिन्। सन् १९६५ मा दक्षिण कोरियाको असैनिक क्षेत्रमा अमेरिकी सेनाको रूपमा तैनथ रहँदा गश्तीको क्रममा आफु मारिने वा भियतनाम युद्धमा पठाइने डरको कारण उनी उत्तर कोरिया तर्फ भागेका थिए।

उनले उत्तर कोरिया पुगेपछि रुसी दुतावासमा शरण लिने र पछि वन्दि साटासाट क्रममा अमेरिका फर्कने लामो योजना बनाएका थिए। कारगार मुक्त भएपछि उनका थुप्रै महत्वपुर्ण र गहकिला अन्तर्वार्ताहरू छापिएका थिए।

प्रतिक्रिया दिनुहोस्