‘ट्रम्प ८ घण्टा टेलिभिजन हेर्छन्’



वासिङटन, (एजेन्सी)
कुनै बेला पत्रकारहरूलाई आफूसँग टेलिभिजन हेर्ने समय नभएको र त्यसको सट्टा धेरै दस्तावेज अध्ययन गर्नमा जोड दिने गरेको बताएका राष्ट्र«पति डोनाल्ड ट्रम्पले दैनिक कम्तीमा ४ घण्टा टेलिभिजन हेर्ने गरेको खुलासा भएको छ। न्युयोर्क टाइम्सलाई उक्त खुलासा गर्ने राष्ट्रपतिका निकट सुत्रले कहिलेकाहीं यो समय ८ घण्टासम्म हुने गरेको बताएका छन्।

राष्ट्रपति ट्रम्पको आनीबानी र पदबाट हटाइसकेका गुप्तचर प्रमुख जोन केलीले पेन्सलभेनिया एभिन्युमा ६० जना भित्रीयाहरूबीच गरेका कुराकानी आधारमा तयार गरिएको सनिबारको मर्निङ टाइम्सको लेखमा ट्रम्पनजिकका केही व्यक्तिले उनी दैनिक ४ घण्टा, कहिलेकाहीं त्यसको दुईगुणा समय टेलिभिजनमा बिताउने र कहिलेकाहीं भोल्युम म्युट गरेर बस्ने गरेको बताएको उल्लेख छ।

‘उनले बिहान साढे पाँच बजे नै आफ्नो दिन सीएनएनबाट शुरू गर्छन्’ –टाइम्सले जनाएको छ। ‘त्यसपछि फोक्स एन्ड फ्रेन्ड्स लगाउँछन् र कहिलेकाहीं एमएएनबीसीको मर्निङजोय हेर्न पुग्छन्, सम्भवतः आक्राशपूर्ण एक वा दुई ट्विटका लागि प्रेरणा बटुल्छन्’ –लेखमा उल्लेख गरिएको छ।

उनी उही ट्रम्प हुन् जसले गत नोभेम्बरमा रोय मुरको आरोपका विषयमा सोधिएको एक प्रश्नमा पत्रकारहरूलाई धेरै टेलिभिजन हेर्ने नगरेकोले आफूलाई उक्त आरोपको जानकारी नभएको चर्चित जवाफ दिएका थिए।

‘यसमा विश्वास गरे पनि नगरे पनि जब म वासिङटन वा न्युयोर्कमा हुन्छु, म धेरै टेलिभिजन हेर्दिनँ’ –एयर फोर्स वनमा ट्रम्पले पत्रकारहरूलाई बताएका थिए। ‘मैले टेलिभिजन हेर्छु भन्न मन पराउनेहरूले मलाई चिनेकै छैनन्। उनीहरू गलत स्रोतमा रमाएका छन्। तपाईंलाई थाहा छ, गलत पत्रकार, गलत स्रोत’, ‘वास्तवमा मसँग टेलिभिजन हेर्ने धेरै समय नै हुन्न। पहिलो कुरा डकुमेन्ट्स। म धेरै डकुमेन्ट्स पढ्छु –धेरैजसो छापा पत्रकार रहेको एक समूहलाई उनले बताएका थिए।

प्रतिक्रिया दिनुहोस्