स्यान्टु र नविता पहिलो



काठमाडौं, (नेस)
हुवाइ नोभा टू आई इम्पेक्ट ठमेल ओपन टेबलटेनिस प्रतियोगिताअन्तर्गत सुपर लिगका सबै खेल जितेर स्यान्टु श्रेष्ठ र नविता श्रेष्ठ पहिलो भएका छन्।

शुक्रबार पुरुष सिंगल्सको सुपर लिगमा राष्ट्रिय च्याम्पियन नेपाल प्रहरीका स्यान्टु श्रेष्ठ पहिलो भए। १२ खेलाडी सहभागी प्रतिस्पर्धामा स्यान्टुले आफ्ना ११ प्रतिद्वन्द्वीलाई हराएका हुन्। हिजो उनले पाँच खेल खेलेर शतप्रतिशत नतिजा निकालेका थिए। यसैगरी पुरुषोत्तम १० जितसँगै दोस्रो, शिवसुन्दर ९ जित हात पार्दै तेस्रो र दीप ८ खेलमा जितेर चौथो भए।

त्यस्तै नौ खेलाडी सहभागी महिला सुपर लिगमा राष्ट्रिय च्याम्पियन प्रहरीकी नविता श्रेष्ठले आठ खेल जितिन्। लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा नविताले आफ्नै क्लबकी एलिना महर्जनलाई ३–० ले हराएकी थिइन्। यसैगरी आर्मीकी स्वेच्छा नेम्वाङले ६ खेल जितेर दोस्रो भइन्।

प्रतिक्रिया दिनुहोस्