धरहराको अपेक्षा



पूर्व निर्धारित कार्यतालिकाअनुसार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ । मुलुक राष्ट्रिय लक्ष्यमा सफल बनेको एउटा उदाहरण हो यो । यसअघि पहिलो चरणमा गत १० गते सम्पन्न निर्वाचनको गणना विहीवार साँझदेखि शुरू भएको छ । परिणाम के होला, कस्तो होला भन्नेमा धेरैलाई खुल्दुली र चासो छ ।

निर्वाचन परिणाबारे धरहराको बुझाई भने केही फरक छ । अब जुन सुकै दल र गठबन्धनले जितेपनि मुलुकमा स्थायी सरकार गठन हुने वातावरण बनोस, मुलुकले आर्थिक र पूर्वाधार विकासमा गति लिओस । नेताले निर्वाचनका बेला गरेका प्रतिवद्धता मतदाताले स्मरण गराउनु नपरोस्, आगामी ५ वर्षपछि हुने निर्वाचनमा पुरानै एजेण्डा दोहोर्याउँदै नेता फेरी तपाईंको घर दैलोमा देखा नपरुन् ।

अनि अस्ती निर्वाचन प्रचार प्रसारका बेला जसरी तपाईका गाउँ घर र टोल वस्तीमा नेता सहजै देखा परे, सुखदुःखमा साथ दिने वचनवद्धता जनाए, त्यस्तो अवसर पटक–पटक दोहोरिएमा नेताकै इज्जत बढ्ने हो ।
घोषणापत्रमा उल्लेख गरिएका महत्वाकांक्षी नारा र सपना भन्दा पनि मतदाताले थोरै भएपनि परिवर्तन चाहेको धरहराले प्रष्ट बुझ्या छ । त्यसैले नेता कार्यकता निकट मात्रै नबनुन्, मतदातासंगको भेटघाट दुर्लभ नबनोस् । यही छ धरहराको अपेक्षा ।

प्रतिक्रिया दिनुहोस्