आणविक युद्धको भिख मागेको आरोप



वासिंगटन,(एजेन्सी)
अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार एचआर म्याकमास्टरले अमेरिका उत्तर कोरियाबाट सिर्जना भएको खतरालाई सम्बोधन गर्ने दौडमा रहेको जानकारी दिएका छन्।

उनले शनिबार क्यालिफोर्नियामा आयोजित रक्षा मञ्चमा प्रत्येक दिन युद्धको सम्भावना बढिरहेको तर सशस्त्र द्वन्द्व मात्र समस्याको समाधान नभएको बताएका छन्। संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को नाकाबन्दीलाई बेवास्ता गर्दै उत्तर कोरियाले दुई महिनापछि पुनः अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको कही दिनपछि म्याकमास्टरको यो प्रतिक्रिया बाहिर आएको हो।

प्योङयाङको पछिल्लो क्षेप्यास्त्र विगतको भन्दा लामो दूरी तय गरी जापानी जलीय क्षेत्रमा खसेको थियो। गत सेप्टेम्बरमा उत्तर कोरियाले पहिलो आणविक परीक्षण गरेको थियो। पछिल्लो क्षेप्यास्त्र प्रक्षेपण सफल भएकोमा उत्तर कोरियामा शनिबार विशाल उत्सवको आयोजना भएको छ।

साथै उत्तरको सरकारी सञ्चार माध्यमले अमेरिकाले दक्षिण कोरियासँग संयुक्त सैनिक अभ्यास गरी आणविक युद्धको भिख मागिरहेको आरोप पनि लगाएको छ।

प्रतिक्रिया दिनुहोस्