लोकतन्त्रको रक्षा र दक्षिण ललितपुरको समग्र विकासलाई प्राथमिकता



उदयशमशेर राणा
उम्मेदवार, ललितपुर क्षेत्र नं. १
नेपाली कांग्रेस

हामी ललितपुरलाई समृद्ध बनाउन चाहन्छौं। यसका लागि पनि सक्षम योग्य राजनीतिक नेतृत्व निर्वाचित हुन आवश्यक रहेको छ। सबै क्षेत्र, वर्ग, लि·, जात, धर्म, सम्प्रदाय, भूगोललाई कार्यक्रममार्फत समटेरे ललितपुर क्षेत्र नं. १ मा नमुनाको रूपमा कार्य गर्ने अभियानमा निरन्तर क्रियाशील छौं। विकासलाई स्मरण गर्दा, २०७० सालमा नेपाली कांगे्रस निर्वाचनमा विजयी भएपश्चात् ललितपुरको विकासका योजनाहरू सम्पन्न गरेका छौं।

अबको पालो लोकतन्त्रको स्थायित्व र आर्थिक समृद्धिका लागि हो। यसका लागि नेपाली कांग्रेस अघि बढिरहेको छ। अब त कांग्रेसले बहुमतको सरकार बनाएर देशमा समृद्धि ल्याउनेछ। यसबाट अत्ताल्लिएका नेपालका कम्युनिस्टहरू एकाएक एकता प्रयासमा लागे। एक–आपसमा नीति, सिद्धान्त, कार्यदिशा र पद्धति नै नमिल्ने एमाले र माआवोदी कन्द्र्रबीचका गठबन्धन लोकतन्त्र र कांग्रेसलाई रोक्न खोज्ने दुस्प्रयास गरेका छन्।

वास्तवमा कम्युनिस्ट एकता हुनु नराम्रो होइन तर गठबन्धनमार्फत जनमत हासिल गरेर संविधान परिवर्तन गरी नेपाललाई कम्युनिस्ट मुलुक बनाउँछौं भनेर लाग्नुचाहिँ प्रजातन्त्रमाथिको कुठाराघात हो। देश र जनताप्रति गम्भीर धोका पनि हो। तसर्थ, आम मतदाता यसमा अत्यन्त सचेत र चनाखो हुनुपर्छ। यो हामीले कदापि हुन दिनुहँुदैन। गहिरिएर विश्लेषण गर्दा, विश्वबाट कम्युनिस्ट पतन तथा लोकतान्त्रिक समाजवादको विश्वव्यापीकरणको आधुनिक युगमा नेपालमा कम्युनिस्टको शासन र सरकार हुनु राम्रो कुरो होइन।

४ वर्ष सांसद रहेर गरेका कामले गर्दा आसन्न निर्वाचनमा मेरो जित सुनिश्चित रहेको छ। ४ वर्षमा मैले गरेका विकासका कामहरू नै मेरो विजयको आधार हो। त्यसलाई निरन्तरता फेरि दिनेछु। विकास र रोजजारी मेरो पहिलो प्राथमिकता भएको छ। चुनावपछि देश आर्थिक समृद्धितर्फ अग्रसर हुनेछ। जनताले चाहेका विकास र रोजगारी प्राथमिकतामा राखेको छु। कृषि उत्पादनतिर पहिलो कदम चालेर घर–घरमै रोजगारीको सिर्जना गर्ने मेरो योजना रहेको छ। लोकतान्त्रिक गठबन्धनको विजयीले मात्र संविधानको पूर्ण कार्यान्वयन र देशले आर्थिक विकासमा फड्को मार्न सक्नेछ। यस क्षेत्रमा मुख्यरूपमा पानी, बाटो, सिँचाइ, कृषिलगायतका क्षेत्रमा विकास गर्नुपर्ने देखेको छु।
मलाई विश्वास पनि यही छ कि, मैले गरेका कामहरूबारे त्यहाँका बासिन्दा जानकार छन् र ललितपुरको थप विकास र समृद्धिका लागि मतदाताले मलाई फेरि जिम्मेवारी दिनेछन्।

प्रतिक्रिया दिनुहोस्