बलात्कारको अभियोगमा, अमेरिकी सैनिकलाई आजन्म कैद



टोक्यो,(एजेन्सी)
जापानको एक अदालतले शुक्रबार ओकिनावाका एक महिलाको बलात्कारपछि हत्या गरेको अभियोगमा एकजना अमेरिकी सैनिकलाई आजीवन कारावास सजाय सुनाएको छ। नाहा जिल्ला अदालतले केन्नेथ सिन्जातो नामक ती पूर्वअमेरिकी सैनिकलाई पीडितको लास अलपात्र छोडेर हिँडेको अभियोग पनि लगाइएको अदालतका कर्मचारीहरूले बताएका छन्।

हिँडिरहेकै अवस्थामा अचानक बेपत्ता हुन पुगेकी नाम नखुलाइएकी ती २० वर्षीया महिलाको शव तीन सातापछि गत मे महिनामा एउटा जंगलमा फेला परेको थियो। सिन्जातोलाई बलात्कार गर्ने उद्देश्यले ती महिलाको टाउकोमा क्लबले प्रहार गरेको र बलात्कार गरेपछि घाँटीमा छुरा प्रहार गरी उनको हत्या गरेको अभियोग लगाइएको छ।

तर उनले अदालत समक्ष उनलाई आफूले जानीजानी हत्या नगरेको बयान दोहर्याएका थिए। जापानको सरकारी समाचार निकाय क्यादोको अनुसार वकिलहरूको मागबमोजिम न्यायाधीश तोसिहिरो सिवाताले उनको अपराधको प्रकृतिलाई हेर्दा नरम सजाय दिइनुपर्ने कुनै आधार नै नदेखिएको बताएका थिए। यस बलात्कार एवं हत्याकाण्डका कारण दक्षिणी जापानी छापु ओकिनावामा ठूलो जनआक्रोश फैलिएको थियो।
त्यहाँका बासिन्दाले लामो समयदेखि त्यहाँ तैनाथ अमेरिकी फौजका कारण धेरै अपराध हुँदै आएको भनी गुनासो गर्ने गरेका छन्।

ओकिनावाबासीहरूले अमेरिकी सेनाको हवाइ अखडानजिकैको कम आवादी रहेको फुतेनमामा सार्ने माग राख्दै प्रदर्शन पनि गर्दै आएका छन्। सन् १९९५ मा पनि ओकिनावामा कार्यरत तीनजना अमेरिकी सैनिकलाई एक बालिकाको बलात्कारमा दोषी ठहर्याइएको थियो। जापानमा रहेका करिब ५० हजार अमेरिकी फौजमध्ये आधा फौज ओकिनावामा नै रहेका छन्। जापानी विपक्षी राजनीति समूह जापानबाट सम्पूर्ण अमेरिकी फौज फर्काउने सोचमै रहेको छ।

प्रतिक्रिया दिनुहोस्