जीवन बीमा कम्पनीको नाफा औसतमा



नेपाल समाचारपत्र
काठमाडौं
लु आर्थिक वर्षको पहिलो तीन महिना अवधिमा जीवन बीमा कम्पनीको नाफा अवस्था औसत देखिएको छ। प्रतिस्पर्धी बजारमा तुलानात्मक रूपमा नयाँ ठानिएका जीवन बीमा कम्पनी पनि आर्थिक रूपमा सकारात्मक नै देखिएका हुन्।

नेपालमा रहेका जीवन बीमा कम्पनीमध्ये चालू आवको पहिलो ३ महिनाको चुक्ता पुँजी, खुद नाफा र खुद बीमा शुल्कका आधारमा नेपाल लाईफ इन्स्योरेन्स सबैभन्दा अब्बल देखिएको छ। जगेडा कोषका आधारमा मेट लाईफ इन्स्योरेन्स तथा प्रतिशेयर आम्दानीका आधारमा प्राइम लाईफ इन्स्योरेन्स कम्पनी तीन महिनाको वित्तीय विवरणमा अग्रस्थानमा देखिएका छन्।

हालसम्म नेपाल लाईफ इन्स्योरेन्सले मात्र बीमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी २ अर्ब समय अगावै पुरा गरेको छ। कम्पनीको कुल चुक्ता पुँजी ३ अर्ब ९६ करोड ४२ लाख रुपियाँ रहेको छ। चुक्ता पुँजीको आधारमा नेसनल लाईफ इन्स्योेन्सको १ अर्ब १ अर्ब ६५ करोड ६० लाख रुपियाँसहित दोस्रो र लाईफ इन्स्योरेन्स कर्पोरेसन नेपाल १ अर्ब ३३ करोड ४६ लाख रुपियाँ चुक्तापुँजीसहित तेस्रो स्थानमा रहेको छ। जीवन बीमा कम्पनीमध्ये सबैभन्दा कम चुक्तापुँजी हुनेमा राष्ट्रिय बीमा संस्थानको १८ करोड १० लाख रुपियँँ रहेको छ।

चालू आवको ३ महिनामा जीवन बीमा कम्पनीमध्ये सबैभन्दा बढी जगेडा कोष मेट लाईफ इन्स्योरेन्स कम्पनीले कायम गरेको छ। कम्पनीको जगेडा कोषमा ९५ करोड २८ लाख रुपियाँ सञ्चित रहेको देखिन्छ भने एसियन लाईफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा कम २० करोड ५७ लाख रुपियाँ जगेडा कोष रहेको छ।

चालू आवको पहिलो ३ महिनामा पनि नेपाल लाईफ इन्स्योरेन्स कम्पनी खुद नाफा कमाउनेमा पहिलो नंम्बरमा रहेको छ। यस अवधीमा कम्पनीले १७ करोड ७४ लाख रुपियाँ खुद नाफा गरेको छ। त्यसैगरी सबैभन्दा कम खुद नाफा कमाउनेमा भने राष्ट्रिय बीमा संस्थान देखिन्छ। संंस्थानले तीन महिना अवधिमा ४३ लाख रुपियाँ मात्र खुद नाफा गरेको छ।

यस अवधिमा प्रतिशेयर आम्दानीका आधारमा ९ जीवन बीमा कम्पनीमध्ये प्राइम लाईफ इन्स्योरेन्स कम्पनी एक नंम्बरमा देखिएको छ। कम्पनीको प्रतिशेयर आम्दानी ४१ रुपियाँ ५८ पैसा रहेको छ भने सबैभन्दा कम लाईफ इन्स्योरेन्स कर्पोरेसनको रहेको छ। कर्पोरेसको प्रतिशेयर आम्दानी ३ रुपियाँ रहेको छ। त्यसैगरी, १ अर्ब १८ करोड रुपियाँ दाबी भुक्तानी गरेको नेपाल लाईफ इन्स्योरेन्सले खुद बीमा शुल्कको आधारमा सबैभन्दा बढी ३ अर्ब ७५ करोड रुपियाँ संकलन गरेको छ। खुद बीमा शुल्क लिनेमा सबैभन्दा कम गुराँस लाईफ इन्स्योरेन्स कम्पनीले ३ करोड ३० लाख रुपियाँ दाबी भुक्तानी गरेको छ। कम्पनीले २८ करोड १० लाख रुपियाँ बीमा शुल्कबाट उठाएको छ।

प्रतिक्रिया दिनुहोस्