मन्त्रीमण्डलमा सेना



हरारे, (एजेन्सी)
जिम्बावेका नयाँ राष्ट्रपति इम्मर्सन नान्गावाले शुक्रबार आफ्नो मन्त्रीमण्डल घोषणा गर्नेक्रममा वरिष्ठ सैनिक अधिकारीलाई पनि उच्च ओहदा प्रदान गरेका छन्। पूर्वराष्ट्रपति रोवर्ट मुगावेलाई अपदस्थ गर्ने क्रममा सरकारी टेलिभिजनमा देखापरेका जनरल सिवुसिसोलाई नान्गावाले नयाँ विदेशमन्त्री नियुक्त गरेका छन्। त्यसैगरी जिम्बावेको वायु सैनिक फौजका अध्यक्ष पेरेन्स सिरीलाई कृषि तथा भूमि मामिला मन्त्री बनाइएको छ। विगत ३७ वर्षदेखि शासन गर्दै आएका मुगावेले राजीनामा दिन सहमति जनाएपछि गत साता नानान्गावाले राष्ट्रपति पदको शपथ ग्रहण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्