कलेजमा हत्या



इस्लामावाद, (एजेन्सी)
पाकिस्तानको पेशावर शहरस्थित एउटा कलेजमा अचानक प्रवेश गरेका बन्दुकधारीले शुक्रबार अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा नौ व्यक्तिको ज्यान जानुका साथै अन्य ११ जना घाइते भएका छन्। बुर्का ओढेर रिक्सामा आएका कम्तीमा ३ जना पुरुषले हिजो बिहान पेशावर कृषि तालिम प्रतिष्ठानमा आक्रमण गरेको प्रहरीले जनाएको छ। सेनाले यस घटनामा सम्पूर्ण आक्रमणकारी पनि मारिएको पुष्टि गरेको छ। पाकिस्तानी तालिवानले यस हमलाको आधिकारिक जिम्मेवारी लिएको छ। इद ए मिलाद पर्वको बिदाको कारण कलेज बन्द रहेको बताइएको छ। ८ जना विद्यार्थी तथा एक कर्मचारी मारिएका छन्।

प्रतिक्रिया दिनुहोस्