पैसा र पार्टी प्रवेश



मुलुकमा चुनाव घोषणा भएपछि पार्टी प्रवेश गर्नेको संख्या मुलुककै जनसंख्याभन्दा बढी हुने गरेको धरहराले देख्दै र सुन्दै आएको पनि हो। हरेक पार्टीले आज यति प्रवेश भोलि उति प्रवेश गरे भनेर भन्ने गरेको सुनेकै हो तर पार्टी प्रवेश कार्यलाई अहिले कमाइ खाने भा“डो बनाएको दृश्यले धरहरालाई पैसा कमाउन खाडी जानुनपर्ने रहेछ भन्ने लागेको छ।

अहिले सिन्धुपाल्चोकमा पार्टी प्रवेश गराएर दिनकै १ लाख कमाउने गिरोह सक्रिय भएको देखेर धरहरा तीनछक परेको छ। सिन्धुपाल्चोकमा पैसालवाला चुनावमा भिडेका छन्।

पैसा कमाउने धन्दामा लागेकाहरूले हरेक टोलका मान्छे जम्मा बनाउने, नेताका हाटबाट टीका लगाउने र प्रतिव्यक्ति १० हजार लिने यो काइदा देखेर धरहरालाई पनि एउटै व्यक्ति कुन–कुन पार्टीमा प्रवेश गर्दोरहेछ भन्ने लागेर चियोचर्चो गरेको पार्टी प्रवेश गराउने गिरोहले सबै पैसावाल उम्मेदवारलाई बेवकुफ बनाएको देखेपछि राजनीति भन्या पनि यस्तै रहेछ भन्नेमा धरहरा पुगेको छ। पैसा लिने तर भोट नदिने वा कस्तो काइदा। हुन पनि हो उम्मेदवारलाई जसरी पनि चुनाव जित्नु न छ।

प्रतिक्रिया दिनुहोस्