रोहिंग्या फर्काउन सम्झौता



ढाका, (एजेन्सी)
बंगलादेशले रोहिंग्या मुसलमान शरणार्थी फिर्ता गर्ने विषयमा म्यान्मारसँग एउटा सम्झौतामा हस्ताक्षर गरेको छ। म्यान्मारको रखाइन प्रान्तमा हालै भएको सैनिक कारबाहीपछि लाखौं रोहिंग्या मुसलमान म्यान्मारबाट पलायन भई बंगलादेशमा सरण लिएर बसेका छन्। उक्त सम्झौताका बारेमा विस्तृत जानकारी बाहिर ल्याइएको छैन। उक्त सम्झौतामा म्यान्मारको राजधानी नेपिडोमा अधिकारीहरुले हस्ताक्षर गरेका थिए। बंगलादेशले यसलाई शरणार्थी फर्काउने पहिलो कदम भएको बताएको छ। त्यसैगरी म्यान्मारले रोहिंग्या मुसलमानलाई जति सक्दो चाँडो फिर्ता गर्न तयार रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्