वाम गठबन्धनमा नयाँ शक्तिका, तीन र स्वतन्त्र उम्मेदवार



मोतीराम तिमल्सिना, काभ्रे

नयाँ शक्ति नेपालको तर्फबाट उम्मेदवारी दिएका ३ उम्मेदवारले वाम गठबन्धनका उम्मेदवारहरुलाई सहयोग गर्ने घोषणा गरेका छन्। त्यस्तै स्वतन्त्र एक उम्मेदवारले पनि गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने घोषणा गरेका छन्।

वाम गठबन्धनका उम्मेदवारहरुलाई जिताउन नयाँ शक्तिको अधिकांश उम्मेदवारको समूह, नेकपा माओवादीको समूह र वाम गठबन्धनमा नरहेका वामपन्थीहरुले सहयोगको घोषणा गरेका छन्। नयाँ शक्तिका डा. भरत लामिछानेको समूहसहित उम्मेदवारहरु तिलकबहादुर लामा, मनमान बल र रामकुमार खड्काले आफ्नो उम्मेदवारीको समर्थन क्षेत्र नम्बर १ का उम्मेदवारहरु गंगाबहादुर दोङ, रत्न ढकाल र चन्द्र लामालाई गर्ने घोषणा गरेका छन् भने स्वतन्त्र उम्मेदवार नोर्बु लामाले पनि गंगाबहादुर दोङलाई समर्थन गर्ने घोषणा गरेका छन्। नेकपा क्रान्तिकारीका गोपाल घिमिरेसहितको टोलीले पनि वाम गठबन्धनका उम्मेदवारहरुलाई सहयोग गर्ने घोषणा गरेका छन्।

नयाँ शक्ति छोडेर एमाले प्रवेश गरेका डा. भरत लामिछानेले जिल्लाका सबै नयाँ शक्तिका उम्मेदवारले उम्मेदबारी फिर्ता लिएर वामपन्थीलाई सहयोग गर्ने तयारी भएको र क्षेत्र १ का ले फिर्ता लिइसकेको बताए। वाम गठबन्धनका उम्मेदवारप्रति मतदाताको उभार बढेपछि जसरी पनि मतदातालाई प्रभावित बनाउन उम्मेदवारहरुले विभिन्न स्किम सार्वजनिक गरेका छन्। निर्वाचन आचार संहिताविपरीत निर्वतमान सांसद कञ्चनचन्द्र बादेले संविधानसभा सदस्यको हैसियतमा ३ करोडका योजना वितरण गरेका छन्।

असोज २८ गते म्याद सकिएर डेट स्पायर भएका सांसद बादेले कात्तिक ११ गते जिल्ला समन्वय समितिमा पेस गरेका योजना भन्दै कार्यकर्तामार्फत मतदाता प्रभावित पार्ने योजना सार्वजनिक गरेका छन्। जबकि सांसदको हैसियतमा वितरण गर्ने योजनाहरु असोज मसान्तसम्म पेस गरिसक्नुपर्ने र त्यसलाई पनि निर्वाचन आयोगले रोक लगाइसकेको अवस्था छ। भूकम्पको बेला विद्यालयमा टीएलसी निर्माणका नाममा करोडौं रकम घोटाला गरेका बादेले पदमा रहुञ्जेल परिवारवादबाट बाहिर निस्कन नसकेर म्याद सकिएपछि योजना वितरण गरेको नौटंकी र झुटको पुलिन्दा सार्वजनिक गरेका हुन्।

एमालेका युवा नेता गोकुल बास्कोटाको लोकप्रियता र प्रभावबाट आत्तिएर बास्कोटालाई वाकओभर दिई प्रदेशतिर झरेका बादेका कर्तुतहरुको फेहरिस्त मतदाताकोले घर–घरमा राखेका छन्। उता नेपाली कांग्रेसका उम्मेदवारहरुले कोसीपारि र डाँडापारि क्षेत्रमा खसी वितरण गरेका छन्। मतदाता प्रभावित गर्ने गरी कतै राँगा त कतै खसी वितरण गरेको स्थानीयले बताएका छन्।

पूर्व भइसकेका माननीय बादे यतिखेर उधारो योजना त्यो पनि सांसदकै हैसियतमा लेटरप्याडमा मात्रै वितरण गर्दै हिँड्न थालेका छन्। असोज मसान्तसम्म पेस गर्नुपर्ने योजना कात्तिकको पहिलो सातासम्म नबुझाई चुनाव कुरेर बस्ने माननीयको योजनालाई निर्वाचन आयोगले ब्रेक लगाएको होस नै रहेनछ। फेरि उनी पूर्व हो एक्लै रकम बाँड्न उनको हैसियत पनि छैन। त्यो पनि संसद् विकास कोषको रकम हो ? कात्तिक ११ गते पनि संविधानसभा सदस्य रहेकै जस्तो गरी विगतका गल्ती कमजोरी लुकाउन चुनावको मुखमा भ्रम पार्ने गरी आचार संहिताविपरीत गरिएका कामहरुका बारेमा नागरिकले प्रश्न उठाएका छन्।

वाम गठबन्धनका उम्मेदवाहरु गोकुल बास्कोटा, लक्ष्मण लम्साल, वसुन्धरा हुमागाईं, गंगाबहादुर दोङ, रत्न ढकाल र चन्द्र लामाप्रतिको उभारलाई कुनै न कुनै ढंगबाट रोक्न नेपाली कांग्र्रेसका उम्मेदवारहरुले योजना बनाइरहेका छन्। वाम गठबन्धनका उम्मेदवार जिताउन १३ वटा स्थानीय तहका १ सय ३५ वडामै निर्वाचन परिचालन कमिटी निर्माण गरी संयुक्त कार्यालयमार्फत घरदैलो अभियान शुरु भइरहेको छ। स्थानीय तहमा वाम गठबन्धनका उम्मेदवारहरु झण्डै २५ हजार मतले अगाडि छन्। यो बीचमा केही मतदाता थपिएका र अन्य पार्टीबाट समेत कार्यकर्ता गठबन्धनमा प्रवेश गरेकाले गठबन्धनतर्फका उम्मेदवारहरुले सहजता महसुस गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्