तेस्रो विश्वका देशको तुलनामा खस्केको अमेरिका



वासिङ्टन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष राष्ट्रपतीय चुनावका क्रममा भनेका थिए, ‘हामी तेस्रो विश्वका देश बनिरहेका छौं।’ उनले राष्ट्रपति बनेको करिब १ वर्षको अवधिमा पनि धेरैपटक यो वाक्य दोहोर्याइसकेका छन्।

ट्रम्पले यो प्रसंग शिक्षा क्षेत्रमा विश्वका देशहरूको तुलनामा अमेरिकी प्रदर्शनलाई लिएर भनेका थिए। यद्यपि ट्रम्पका आलोचकहरूले उनको उक्त दाबीलाई बकवास ठानेका थिए। तर अमेरिका धेरै मामिलामा विश्वका अविकसित देशकै पंक्तिमा उभिएको देखिन्छ।

औसत आयुको मामिलामा क्युबाभन्दा पछाडि
संयुक्त राष्ट्र मानव विकास कार्यक्रमको प्रतिवेदनले अमेरिकीहरूको औसत आयु ७९ दशमलव २ वर्ष भएको उल्लेख गरेको छ। औसत आयुको आँकडाको आधारमा अमेरिका विश्वमा ४०औं स्थानमा पर्छ। यो विकसित देशलगायत ल्याटिन अमेरिकी देश चिली, कोस्टारिका र क्युबाभन्दा पछाडि हो।

यो सूचीमा जापान ८३ दशमलव ७ औसत वर्षसहित सबैभन्दा माथि र स्वाजिल्यान्ड ४८ दशमलव ९ वर्षसहित सबैभन्दा तल छ।

शिशु मृत्यु दरमा अमेरिका
यूएनडीपीको प्रतिवेदनले अमेरिका शिशु मृत्युदरको मामिलामा विश्वमा ४४औं स्थानमा रहेको देखाएको छ। यो सूचीमा क्युबा, बोस्निया, हर्जगोविना र क्रोएसियाको स्थान अमेरिकाको भन्दा राम्रो छ। यो प्रतिवेदन सन् २०१५ को हो। यसमा अमेरिकामा शिशु मत्युदर ५ दशमलव ८ प्रति एक हजार बच्चाको जन्ममा रहेको देखाइएको छ।
प्रसूति मृत्यु दर सन् २०१७ मा द लांसेट अखबारमा प्रकाशित एक शोधमा अमेरिकामा यो शताब्दीको शुरुआतबाट प्रसूति मृत्युदर बढिरहेको छ। सन् २००१ मा प्रतिहजार बच्चाको जन्ममा १७ दशमलव ५ रहेकामा सन् २०१५ मा २६ दशमलव ५ सम्म पुगेको उल्लेख गरेको छ।

यो आँकडा अन्य औद्योगिक देशको भन्दा निकै तल हो। जापानमा यो दर ८ दशमलव ८ देखि ६ दशमलव ४ रहेको छ भने डेनमार्कमा ५ दशमलव ८ देखि ३ दशमल २ र क्यानडा ७ दशमलव ७ देखि ७ दशमलव ३ रहेको उल्लेख गरिएको छ। अमेरिका यो मामिलामा कोस्टारिका, चीन, भियतनाम र लेबनानभन्दा पछाडि परेको छ।

हत्याको मामिलामा बंगलादेशभन्दा अगाडि
यूएनडीओसीका अनुसार अमेरिका मानव हत्याको मामिलामा बंगलादेशभन्दा अगाडि रहेको छ। अमेरिकामा प्रति एक लाख नागरिकमा मानव हत्या दर ४ दशमलव ८८ रहेको छ। यो मामिलामा बंगलादेशमा २ दशमलव ५१, चिली ३ दशमलव ५९, क्यानाडा १ दशमलव ६८, नेदरल्यान्ड शून्य दशमलव ६१, अल्बानिया २ दशमलव २८ रहेको छ। अमेरिका यो मामिलामा विश्वभरिको सूचीमा ५९औं स्थानमा परेको छ।

किशोरावस्थामा गर्भधारण
किशोरावस्थामा गर्भधारणको मामिलामा अमेरिका विश्वभरिमा ६८औं स्थानमा छ। अमेरिकामा १५ देखि १९ वर्षको उमेरमा आमा बन्ने किशोरीहरूको संख्या प्रति एक हजारमा २१ रहेको छ। यो मामिलामा जापान ४, जर्मनी ६, फ्रान्स ९ र विकासोन्मुख राष्ट्र ट्युनिसिया ७ श्रींलका १४ र सर्विया १९ सहित अमेरिकाको भन्दा राम्रो स्थानमा रहेका छन्।

शिक्षाको मामिलामा अमेरिका
पढाइको मामिलामा अमेरिका सबैभन्दा परिणाम रहेका देशको समूहमा पर्छ। युनिभर्सिटी शिक्षाको मामिलामा अमेरिका ८ देशहरूको माथि थियो। त्यसैगरी हाइस्कुलको पढाइ गर्ने र युनिभर्सिटी शिक्षा लिनेबीचको फरक अमेरिकामा सबैभन्दा धेरै रहेको छ।

उच्च शिक्षा पढाइ पूरा नगरेका, माध्यमिक शिक्षा हासिल गर्ने र कम्तीमा दुई वर्ष विश्वविद्यालयको पढाइ गरेकाहरूको एक जाँचमा अमेरिकाको स्थान नाजुक रहेको छ। उक्त शोधमा अस्ट्रेलिया, क्यानडा, चेक गणराज्य, डेनमार्क, इस्टोनिया, फिनल्यान्ड, फ्रान्स, जर्मनी र जापानजस्ता देशहरू समावेश गरिएका छन्।

प्रतिक्रिया दिनुहोस्