को सक्कली को नक्कली ?



 

जति–जति निर्वाचनको मिति नजिकिँदै छ, त्यति नै नेताहरू घरदैलो कार्यक्रममा व्यस्त छन्। यस्तो बेलामा नेताले आमसभा, कोणसभालाई सम्बोधन गर्नु, सामूहिक भेटघाट र घरघरै धाउनु नेताका लागि नौलो कुरा भएन। दुई⁄चार जना सहयोगीसाथ लिएका वा केही ठूलो हुलको अग्रपङ्क्तिमा रहेर कसैले पटक–पटक नमस्कार दोहोर्यायो भने उही रहेछ तपाईं हाम्रो निर्वाचन क्षेत्रको उम्मेदवार भन्ने कुरा घामझैं छर्लङ हुन्छ।

यसरी गाउँघरमा धाउने नेतासँग छोटो अवधिका लागि भए पनि मतदाताले दोहोरो चिनजान गर्ने अवसर पाउँदा मतदाता पनि दंग। शहरी क्षेत्रका बाक्लो बस्तीमा भने वास्तविक मतदातासँग नेताको दोहोरो चिनजान निकै दुर्लभ हुने गरेको धरहराले देख्न थाल्या छ। हरेक दिन उम्मेदवार महोदय टोलबस्तीमा नमस्कार दोहोर्याउँछन्, तर नमस्कार फर्काउने अधिकांश नक्कली घरबेटी अर्थात् डेरावाल हुन्छन्।

एउटै घरबाट दर्जनौं घरबेटीले नमस्कार र अभिवादन फर्काउँदा हरेक पार्टीका नेता दंग र मख्ख देखिन्छन्। चुनावी माहोल आफ्नै पक्षमा जमेको दाबी गर्दै अर्को टोलबस्तीमा पस्ने बिचरा नेतालाई के थाहा को घरबेटी, के डेरावाल?

प्रतिक्रिया दिनुहोस्