होडबाजी



हिजोआज जताततै चुनावी माहोलले बजार तातेको छ। दलका नेताहरू आफ्ना आफ्ना दलको समर्थन मत माग्दै गाउँघर, शहर बजार डुल्दै गरेका छन्। विशेष गरी चुनावी इपिसेन्टर परेको गोरखाको चुनाव भने हेर्नलायक नै देखिन्छ।

केही दिनअघि मात्र पुष्पकमल दाहाल तथा केपी ओलीलगायत वाम गठबन्धनका नेताहरू नारायणकाजीलाई भोट माग्न गोरखाको भच्चेकमा गएर बृहत् आमसभा गरी फर्किनुभएको थियो।

‘कर्कलो काट्न बन्चरो प्रयोग’ आदि जस्ता शब्दावली प्रयोग गर्नुभएका केपी ओली महोदयलाई डा. बाबुरामले मलाई गाली गर्न हेलिकोप्टर नै प्रयोग गर्नुभएछ भनी उत्तर दिँदै आउनुभएको थियो।

आफ्नो चुनावी प्रसारप्रसारलाई तीव्रता दिन उहाँले सोमबार उही स्थानमा कांग्रेसका हस्तीहरूलाई लगेर झन्डै दोब्बरैको संख्यामा मानव सागर उर्लेको देखाइदिनुभयो। यो फगत होडबाजीबाहेक अरू केही हुन सक्दैन भन्ने धरहराको ठम्याइ छ।

प्रतिक्रिया दिनुहोस्