मुगावेविरुद्ध महाअभियोगको तयारी



हरारे, (एजेन्सी)
जिम्बावेको सत्तारूढ जानु पीएफ पार्टीले आफ्ना विधायकहरूलाई राष्ट्रपति रोवर्ट मुगावेको राजनीतिक भविष्यमाथि छलफल गर्न आग्रह गरेको छ। मुगावेलाई पदबाट राजीनामा दिन दिइएको समयसीमा सोमबार समाप्त भएको छ। सो समयसीमा उनको आफ्नै पार्टी जानु पीएफले निर्धारण गरेको हो।

गत साता सेनाद्वारा अपदस्थ भएका मुगावेले आइतबार आफूले राष्ट्रपति बनिरहने योजना बनाएको भनी सरकारी टेलिभिजनमार्फत घोषणा गरी सबैलाई आश्चर्यमा पारेका थिए। जानु पीएफले मुगावेविरुद्ध महाअभियोग लगाउने प्रक्रिया मंगलबार संसद् बैठकमा थालिने जनाएको छ।

पार्टीले उनलाई राष्ट्रमा अप्रत्यासितरूपमा आर्थिक अन्योल वातावरण सृजना गरेको अभियोग लगाउने मस्यौदा तयार गरिसकेको रोयटर्सले जनाएको छ। मुगावेको ३७ वर्ष लामो राष्ट्रपतिशासन अन्त्यको माग गर्दै सोमबार विशाल जनसमूहले सडकमा विरोध प्रदर्शन गरेका छन्। ९३ वर्षीय मुगावेले उपराष्ट्रपति इमर्सन नान्गावालाई बर्खास्त गरेयता त्यहाँ राजनीतिक संकट शुरू भएको हो।

प्रतिक्रिया दिनुहोस्