समलिंगी कार्यक्रम बन्द



अँकारा, (एजेन्सी)
टर्कीको राजधानी अँकाराले सुरक्षाको कारण देखाउँदै समलिंगीसम्बन्धी महोत्सव, स्क्रिनिङ, मञ्च र प्रदर्शनमाथि प्रतिबन्ध लगाउने घोषणा गभर्नरको कार्यालयले आइतबार गरेको छ। गत साता अँकारामा आयोजना हुन लागेको जर्मन भाषाको समलिंगी फिल्म महोत्सव पनि रद्द गरिएको थियो। टर्कीमा समलिंगी सम्बन्धलाई कानुनी मान्यता दिइएको छ। तर यसप्रति जनमानसको तीव्र घृणाभाव रहेको अभियन्ताहरूको दाबी छ। १८ नोभेम्बरदेखि अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि अँकारामा समलिंगीसम्बन्धी सम्पूर्ण गतिविधिमाथि प्रतिबन्ध लगाइएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्