‘हतारकारिता’ कहिलेसम्म ?



आइतबार बिहान मानवीय दैनिकी राम्रोसँग शुरू हुन नपाउँदै काठमाडौं मात्रै होइन, देश विदेशमा अपुष्ट खबर फैलियो– ‘माओवादी अध्यक्ष प्रचण्ड पुत्र प्रकाशको निधन।’ पहिलोपल्ट खबर सुन्नेले सुनाउनेलाई गाली गर्दै भने– ‘के नचाइदो कुरा गर्या होला, तपाईंको पार्टीको मान्छे होइन भन्दैमा जे पनि बोल्ने, की राम्रोसँग अझै निन्द्रा खुल्या छैन ?’

पटक–पटक त्यस्तै खबर दोहोरिन थालेपछि विश्वास नगर्ने कुरै भएन। यो सत्य हो, प्रकाशको निधन अल्पायुमा भयो र आकस्मिक भयो। तर उनको निधन आकस्मिक नभएर नियोजित भएको, अस्पताल पुर्याइएका प्रकाशको शरीरमा चोट भेटिएको, प्रचण्डले छोराको हत्या भएको हुन सक्ने भन्दै सुरक्षा निकायको बैठक बोलाएको जस्ता खबरसमेत फैलिए।

ब्रेकिङ न्युजका नाममा विभिन्न थरीका सूचनालाई समाचारका रूपमा आ–आफ्नै दाबी पस्कने अनगिन्ती अनलाइन मात्र होइन, निकै विश्वसनीय मानिएका विद्युतिय माध्यमलेसमेत त्यस्तै शैली अपनाएको देख्दा धरहरा छक्क पर्या छ। यस्तो शैलीलाई धरहराले बेलामौकामा ‘हतारकारिता’ को संज्ञा दिने गरेको छ। तर जतिसुकै हतार भए पनि समाचार तयार गर्ने क्रममा अनुशरण गरिने ‘एबीसी’ को आधारभूत सिद्धान्त त ख्याल गरिनुपर्ने होला।

यस्तो मामिलामा नेपाली सञ्चारजगत् कहिले परिपक्व बन्ने होला ?

प्रतिक्रिया दिनुहोस्