जिम्बावे राजनीतिक संकट: मुगावे सत्तारुढ दलको नेताबाट बर्खास्त



पार्टीको नेतृत्वमा मांगागवा

हरारे, (एजेन्सी)
जिम्बावेको सत्तारुढ दलले राष्ट्रपति रोबर्ट मुगाबेलाई उसको नेताबाट बर्खास्त गरेको अधिकारीहरूले बताएका छन्। जानु पीएप पार्टीको बैठकले पूर्वउपराष्ट्रपति इमर्सन मांगागवालाई पार्टी नेतामा चयन गरेको छ। उनलाई मुगाबेले दुई हप्ता अगाडि मात्रै पदबाट बर्खास्त गरेका थिए।

जिम्बावेको सत्तारुढ दल जानु पिफ पार्टीले राष्ट्रपति रोबर्ट मुगाबेलाई पदबाट हटाउन बोलाइएको बैठकमा कयौं महत्वपूर्ण राजनीतिक फैसला लिएको समाचार पत्र हेराल्ड टाइम्सले जनाएको छ। आफ्नी पत्नीलाई स्थापित गर्न गरिएको मांगागवाको बर्खास्तले ९३ वर्षीय मुगावेको खेमा विरुद्ध सैन्य हस्तक्षेपलगायत कयौं अप्रत्यासित घटनाक्रमलाई जन्म दिएको छ।

समाचार पत्रका अनुसार १० राज्यमा रहेका शाखा रहेको पार्टीले सेनाले सत्ता हातमा लिएपछि पहिलो पटक बैठक बोलाइएको हो।
आइतबार मुगाबेसँग सैनिक नेताहरूले पनि भेटेको र उनको निजी आवासमा सैन्य गाडीको लस्कर देखिएको जनाइएको छ। शनिबार मुगाबे विरुद्धको प्रदर्शनमा दशौं हजार जिम्बावेली सडकमा ओर्लेका थिए।

बैठकले मुगाबेलाई पदबाट हटाउने निर्णयसँगै उनकी पत्नी ग्रेसलाई पनि पार्टीबाट राजीनामा दिन भनेको छ। पार्टीका एक वरिष्ठ नेताले पार्टीले सर्वसम्मतबाट मुगाबेलाई पदबाट हटाउने निर्णय गरेको जानकारी दिए। यदि उनले स्वेच्छाले राजीनामा नदिए उनलाई पार्टीबाट बर्खास्त गर्न सक्छ। त्योबाहेक अन्तिम कदमस्वरूप उनी विरुद्ध महाअभियोगको प्रस्ताव ल्याउन सक्ने पार्टीले विकल्प खुला गरेको उनले जानकारी दिए।

आइतबार पार्टीको विशेष शत्र बोलाइएको र त्यसमापार्टीको संरचनामा परिवर्तन गरिने तथा विद्यमान राजनीतिक घटना क्रममा पनि विचार विमर्श भएको बताइएको छ।

बुधबार सत्ता आफ्नो हातमा लिएपछि सेनाले राष्ट्रपतिमाथि विशेष निगरानी राखेको र उनका बारेमा चँँडै कुनै निर्णय लिन सक्ने बताइएको छ। यसअघि पार्टीले उपराष्ट्रपति पदबाट हटाइएका एमरसन मांगागवालाई उनको पदमा बहाल गर्ने विचार गरिरहेको जनाइएको छ। उनलाई पार्टीको केन्द्रीय समितिको सहमतिबिना नै हटाइएको थियो। राजनीतिक विश्लेषकहरूले पनि सेनाले उनलाई उक्त पदमा पुनरबहाली गर्न सक्ने अनुमान गरेका छन्।

प्रतिक्रिया दिनुहोस्