हुनसेनको चुनौती



नोम पेन्ह, (एजेन्सी)
क्याम्बोडियाका प्रधानमन्त्री हुन सेनले अमेरिकालाई उसले दिइआएका सबै सहायता रद्द गर्न चुनौती दिएका छन्। प्रमुख प्रतिपक्ष दलसँगको सबै प्रकारको सम्बन्ध तोडेपछि अमेरिकाले अर्को वर्ष हुने भनिएको आमचुनावका लागि कोष उपलब्ध नगर्ने घोषण गरेपछि प्रधानमन्त्री हुनसेनको उक्त प्रतिक्रिया आएको सन्चार माध्यमले जनाएको छ। विगत ३ दशकदेखि क्याम्बोडियामा शासन गर्दै आइरहेका हुनसेनले सन् २०१८ को चुनाव नजिकिँदै गइरहेको बेला अमेरिका विरोधी धारमा उभेका छन्। हुनसेनमाथि देशमा आफ्ना आलोचक, अधिकारवादी समूह र स्वतन्त्र सञ्चारमाध्यममाथि दमन गरिरहेको आरोप लागेको छ।

प्रतिक्रिया दिनुहोस्