नोर्बुले जिते सुनको बल



काठमाडौं, (नेस)
क्याप्टेन नोर्बु शेर्पाले प्रथम बाह्रखरी कर्पोरेट गल्फ प्रतियोगिताको उपाधि शनिबार जित्नुका साथै गोल्डेन बल पनि हात पारेका छन्। गोकर्ण गल्फ क्लबमा नोर्बुले चार हेन्डीक्याम्प ४२ स्टेबलफोर्ड अंक सहित उपाधि जितेका हुन्। उनले २४ क्यारेटको सुनको बल समेत प्राप्त गरे। १८ होलको खेलमा चार बर्डिज र दुई बोगीको स्कोरकार्ड बनाए। शेर्पाले पहिलो, तेस्रो, चौथो र १२ औं होलमा बर्डिज गर्दा १७ औं र १८ औं होलमा बोगी प्रहार गरेका थिए। कुल ४० अंक जोडेका समिर आचार्य दोस्रो भए।

आचार्यले ट्रफीसहित हिमालय एयरलाइन्सबाट दुबई फ्लाइटको टिकट प्राप्त गरे । महिलातर्फको उपाधि रेखा घिमिरेले हात पारिन। कुल ३४ अंक जोडेकी घिमिरेले प्रतिमा शेर्पालाई चार स्ट्रोकले पछि पारेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्